19.1 C
Kathmandu

कला/ साहित्यराष्ट्रिय नाचघर जमलबाट भक्तपुर पुगेको ङिङ्जे पर्यटकीय स्थल नगरकोटमा जाने तयारि

राष्ट्रिय नाचघर जमलबाट भक्तपुर पुगेको ङिङ्जे पर्यटकीय स्थल नगरकोटमा जाने तयारि

काठमाडौ । तामाङ सुपर स्टार डम्फु मिडिया प्रा.लि.को ब्यानरमा निर्माण गरिएको तामाङ कथानक चलचित्र ङिङ्जे शुक्रबार भक्तपुरमा सफल प्रदर्शन पश्चात नगरकोटमा प्रदर्शन गर्ने तयारी रहेको छ ।

असोज १ गते काठमाडौको राष्ट्रिय नाच घर जमलमा पहिलो प्रिमियर शो अत्याधिक दर्शकहरुको भिडमा सफल प्रदर्शन भएपछि चलचित्रका निर्देशक एवम् नायक समेत रहेका अमिर दोङले ङिङ्जे विविध सांस्क्रितिक कार्यक्रम सहित शुक्रबार भक्तपुरमा प्रदर्शन गरेका थिए ।

भक्तपुर सुर्यविनायकस्थित शुभकामना पार्टी प्यालेसमा समेत दर्शकहरुको सन्तुष्टीजनक उपस्थित रहेपछि अवको प्रदर्शन तयारी नगरकोटमा रहेको तामाङ चलचित्र जगतका नहानायक अमिर दोङले जानकारि दिएको हो । राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन बलको प्रमुख आतिथ्यता र तामाङ चलचित्र संघ बागमती प्रदेशका अध्यक्ष आसमान वाईबाको विशेष अतिथिमा सांगितिक प्रस्तुति सहित ङिङ्जे शुक्रबार भक्तपुरमा प्रदर्शन सम्पन्न भएको थियो ।

तिन साता भित्रै दोस्रो पटक प्रदर्शन गर्न सफल तामाङ चलचित्र ङिङ्जे दशैं तिहार लगत्तै नगरकोटमा प्रदर्शनको लागि प्रारम्भिक छलफल भएको दोङले बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्