19.1 C
Kathmandu

कला/ साहित्यस्व.जयनन्द लामा अभिनित अन्तिम तामाङ चलचित्र हुत्त संजय लामाको दार्बुङ चावहिलमा विशेष प्रदर्शन सम्पन्न 

स्व.जयनन्द लामा अभिनित अन्तिम तामाङ चलचित्र हुत्त संजय लामाको दार्बुङ चावहिलमा विशेष प्रदर्शन सम्पन्न 

काठमाडौ । स्वर्गीय जयन्नद लामा अभिनित अन्तिम तामाङ चलचित्र दार्बुङ सोमबार बिशेष प्रदर्शन सम्पन्न भएको छ । 

काठमाडौ चावहिलस्थित नेपाल चलचित्र विकास बोर्डमा हुत्त संजय लामाको तामाङ चलचित्र दार्बुङ विविध कार्यक्रमकाबीच प्रदर्शन गरेका हुन ।निर्माता तथा डिस्ट्रिब्युटर समेत रहेका नेकपा एमाले युवा नेता युद्ध बिक्रम लामा डी.बी.को प्रमुख आतिथ्यतामा सोमबार छोटो औपचारिक कार्यक्रम सहित दार्बुङ प्रदर्शन गरेका हुन् ।त्यसै गरि कार्यक्रमका अतिथिहरुमा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खजित राई, तामाङचलचित्र संघ नेपालका केन्द्रिय अध्यक्ष कुमार मोक्तान, तामाङ चलचित्र संघ बागमती प्रदेशका अध्यक्ष आसमान वाईबा लगायत अन्य व्यक्तित्वहरु समेत रहेका थिए ।

सोमबार प्रदर्शन सम्पन्न भएको उक्त चलचित्र गत बर्ष राष्ट्रिय नाचघर जमलमा पहिलो प्रिमियर शो गरेका थिए। त्यस पस्चात उपत्यका बाहिर विभिन्न स्थानहरुमा सफल प्रदर्शन गरिसकेको दार्बुङ सोमबार भने पुनःकाठनाडौमै दोस्रो पटक प्रदर्शन गरेका हुन । नायकद्वय हुत्त संजय लामा स्वयमकै कथा, पटकथा र संवाद रहेको उक्त चलचित्रका निर्माता लोसाङ लामा र ईकेश लामा रहेका छन भने चलचित्रको निर्देशन संजय र अर्जुनले गरेका हुन । चलचित्रमा संगीत कर्साङ लामा र हुत्त संजयको रहेको छ । गायक गायिकाहरुमा  कर्साङ लामा, आकाश ब्लोन, बबिता पाख्रिन र पुजा लामा रहेका छन् । त्यसै गरि चलचित्रमा द्वन्द सुरज श्रेष्ठको रहेको छ । प्रज्वल राउतले छायंकन गरेको उक्त चलचित्रको सम्पादन भने अर्जुन खड्काले गरेका हुन् ।

चलचित्रको मुख्य भुमिकामा भने स्वर्गीय जयनन्द लामाको साथमा हुत्त संजय लामा, डोमा ह्योल्मो, सुनिता लुङ्बा, मान बहादुर तामाङ, भुईसल लामा, मायादेवी मोक्तान, राज कुमार मोक्तान, सिर्जना गोले, सुनमाया घिसिङ, सागर गोले, तिर्थ थोकर, करिसा वाईबा, पेमा योन्जन तामाङ, सुस्मिता लुङ्बा, दोर्जे मोक्तान, पेमा लामा मुगु, राम तामाङ लगायतका रहेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्