19.1 C
Kathmandu

कला/ साहित्यतामाङ चलचित्र संघ बागमती प्रदेशको पहिलो बार्षिक साधारण सभा तथा स्रस्टा सम्मान...

तामाङ चलचित्र संघ बागमती प्रदेशको पहिलो बार्षिक साधारण सभा तथा स्रस्टा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । हाम्रो चलचित्र मौलिक चलचित्र, राष्ट्र निर्माणमा तामाङ चलचित्र भन्ने मूल नारा बोकेको संस्था तामाङ चलचित्र संघ नेपाल बागमती प्रदेश समितिको पहिलो बार्षिक साधारण सभा तथा स्रस्टा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

आईतबार काठमाडौं चावहिलस्थित नेपाल चलचत्रि विकास बोर्डमा पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुर्यमान दोङ (लालध्वोज) को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता तामाङ चलचित्र संघ बागमती प्रदेशका अध्यक्ष आसमान वाईबाले गरेका थिए भने संघका महासचिव एवम् नायक दावा फिञ्जो लामाले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको विशिष्ट अतिथिमा लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामा रहेका थिए । अतिथिहरुमा आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्ष पूर्खाजित राई, तामाङ चलचत्रि संघका पूर्वअध्यक्ष तथा युवा नेता जेनिश लामा दोङ, प्रकाश ब्लोन, तामाङ चलचित्र संघका अध्यक्ष एवम् नायक कुमार मोक्तान, नेपाल तामाङ कलाकार संघका अध्यक्ष गायक एवम् संगीतकार विशाल काल्तान लगायत अन्य थुप्रै संघसंस्थाका प्रतिनिधिहरु रहेका थिए ।

उक्त कार्यक्रमका बीच विभिन्न विधाका कलाकार एवम् चलचित्रकर्मीहरुको साथै सञ्चारकर्मीलाई समेत सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा पहिलो तामाङ गायक चन्द्रकुमार मोक्तान, वरिष्ठ गायक यम बराल, तामाङ महानायक अमिर दोङ, तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तन, पहिलो तामाङ र्याप गायक उतर लामा, गीतकार कुमार स्याङ्बा, गायिका जितु लोप्चन, संगीतकार जोगलाल लामा पत्रकार सुदिन दोङ लगायत विभिन्न २४ विधाका व्यक्तिहरुलाई सम्मान गरेका थिए । त्यसै गरि कार्यक्रमकोबीच ८५ जना कलाकारहरुलाई कदर पत्र द्वारा सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि माननिय सुर्यमान दोङले आफ्नो क्षेत्रको विकास निर्माणको अवस्था संगै तामाङ भाषा, धर्म, संस्कृति र तामाङ गीतसंगीत/चलचित्रको बारेमा समेत चर्चा गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्