19.1 C
Kathmandu

कला/ साहित्यविविध सांस्कृतिक कार्यक्रम सहित भक्तपुरमा हुने भयो तामाङ चलचित्र ङिङ्जेको प्रदर्शन

विविध सांस्कृतिक कार्यक्रम सहित भक्तपुरमा हुने भयो तामाङ चलचित्र ङिङ्जेको प्रदर्शन

काठमाडौ । तामाङ सुपर स्टार डम्फु मिडियाको ब्यानरमा निर्माण गरिएको तामाङ कथानक चलचित्र ङिङ्जेको दोस्रो पटक प्रदर्शन गर्ने तयारी रहेको छ ।

असोज १ गते राष्ट्रिय नाचघर जमलमा दर्शकहरुको घुईचो सहित सफलतापुर्वक पहिलो पटक विशेष प्रदर्शन सम्पन्न भएको उक्त चलचित्र दोस्रो पटक भक्तपुरमा प्रदर्शन गर्ने तयारी रहेको तामाङ चलचित्रका महानायक तथा ङिङ्जेका निर्देशक एवम् नायक द्धय अमिर दोङले जानकारी दिएको छ । यस पटकको प्रदर्शन भने भिन्न तरिकाले गरिने दोङले बताएको छ । उनको अनुसार उक्त दिन विविध सांस्कृतिक कार्यक्रम सहित ङिङ्जेको प्रदर्शन गर्ने भएको छ । यहि असोज २६ गते शुक्रवारको दिन दिउंसो ११ बजे बाट सुरु हुने उक्त कार्यक्रम भक्तपुर सुर्यविनायक स्थित शुभकामना पार्टी प्यालेसमा हुने भएको छ ।

कार्यक्रममा चर्चित गायक एवम् संगीतकार सञ्जीव वाईबा, निमा दोङ, रोशन फ्युवा, उत्तर लामा संगुल, सुवास मोक्तान, प्रयास दोङ, जितु लोप्चन, वाई.एस.के.ग्रुप, प्रतिक मोक्तान, च्वाईस दोङ, सुमिना लो, अविशेक तामाङ, सुशिल तितुङ लगायत दर्जनौ कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुती सहित ङिङ्जेको प्रदर्शन हुने तयारी रहेको छ । बिशुद्ध पारिवारीक कथावस्तुमा आधारित तामाङ चलचित्र ङिङ्जे असोज १ गते पहिलो पटक गरिएको प्रदर्शनीमा दर्शकहरुले अत्याधिक मात्रमा रुचाईपस्चात दोस्रो पटक प्रदर्शनको तयारी रहेको छ ।

यस पछि तेस्रो पटक नगरकोटमा प्रदर्शनको लागि छलफल तथा तयारी रहेको महानायकद्धय अमिर दोङले जानकारी दिएको छ । नेपाली चलचित्रको बजारमा मुलधारको चलचित्रको अलवा विभिन्न समुदायका चलचित्रहरुले पनि निक्कै फड्को मारेको अवस्था छ । विशेषत भाषा, धर्म, संस्कार संकृतिलाई बढि प्राथमिकतामा राखेर तामाङ चलचित्रहरु निर्माण गर्ने गरेको पाईन्छ । यद्यपि पछिल्ला समय यत्ता भने तामाङ चलचित्रहरु पनि व्यावसायीक रुपमा निर्माण हुने गरेको पाईन्छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्