31.1 C
Kathmandu

खेलकुदगोदावरीमा वडा स्तरीय फुटबल प्रतियोगिता हुँदै,विजेतालाई खसि,बोका र रातो भाले पुरस्कार

गोदावरीमा वडा स्तरीय फुटबल प्रतियोगिता हुँदै,विजेतालाई खसि,बोका र रातो भाले पुरस्कार

ललितपुर । जिल्लाको गोदावरी नगरपालिका वडा नं ३ मा वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । वडा नम्बर तीनको आयोजनामा आगामी असोज २८ गते घटस्थापनाको दनि देखि हुने प्रतियोगितामा दोस्रो साविक वडा नं १ देखि ९ सम्मका वडाबाट सहभागिता रहने भएको हो ।

गोदावरी विकास युवा क्लबको सहयोगमा हुने उक्त प्रतियोगिताको लागि फारम वितरण आगामी असोज १० गतेदेखि २५ गते सम्म रहने वडा अध्यक्ष सानुराजा घिमिरेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यसैगरी, प्रतियोगितामा विजयी भएका प्रथम,द्धितिय र तृतियले क्रमश खसि, बोका र रातो भाले पुरस्कार पाउने बताईएको छ । वडामा रहेका खेलाडी उत्पादन र प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको वडाअध्यक्ष घिमिरेले जानकारी गराए । दक्ष खेलाडी उत्पादन गर्दै गोदावरीलाई खेलकूदको हबको रुपमा विकास गर्न प्रतियोगिताले सहयोग गर्ने वडाध्यक्ष घिमिरे बताउँछन् ।

विगत लामो समय देखि रोकिएको खेल गोदावरीको सान बडा दशैं मेला पुन संचालन गरेकोमा खेलप्रेमीहरुले वडा अध्यक्ष सानुराज घिमिरेलाई धन्यवाद दिएका छन् ।

arjun tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्