19.1 C
Kathmandu

कला/ साहित्यप्रतिक मोक्तानको तामाङ प्रेम गीत तिङला ढोई भिडियो सहित सार्बजनिक

प्रतिक मोक्तानको तामाङ प्रेम गीत तिङला ढोई भिडियो सहित सार्बजनिक

काठमाडौ । गायक तथा संगीकार प्रतिक मोक्तानको तामाङ प्रेम गीत तिङ्ला ढोई भिडियो सहित सार्बजनिक भएको छ ।

शुक्रवार बौद्ध स्थित गाउँले ढिँडो घरमा एक कार्यक्रमको बिच तिङला ढोईको भिडियो सार्बजनिक गरिएका थिए । राष्ट्रिय तामाङ कलकार मञ्चका अध्यक्ष अमृत लामाको प्रमुख अतिथि तथा गायक एवम् संगीतकार सुसन लामाको विशेष अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममार्फत NI Production House बाट भिडियो सार्बजनिक गरिएको हो । काभ्रे पलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नं.५ मा जन्मेका युवा गायक एवम् संगीतकार आफैमा गीत गाउने र संगीत गर्ने मात्रै नभएर निक्कै राम्रा राम्रा गीतहरु पनि लेख्ने गर्दछ ।

यस अघि निक्कै नै चर्चा कमाउन सफल गीत ओम म्हाने पेमे छ्याईलोरी, तेमाल फिलिलि, लाको माया, हेर्दमा म्हाबर सेरोफेरो, तामाङ भेषैमा नाचेको, जोर्सि थान्गो लगायतका गीतहरु युट्युवमा हेर्न र सुन्न सकिनेछ । हालसम्म उनले तिन दर्जन भन्दा धेरै गीतहरु लेख्नुका साथै संगीत सिर्जना गरिसकेका छन् । अहिले सम्म निक्कै गीतहरु गाइसकेका प्रतिक मोक्तान विशेष गरि विभिन्न खालका कार्यक्रमहरुमा स्टेज प्रस्तुतिका लागि निक्कै रुचाइएका गायकको रुपमा चिन्दछ ।

शुक्रवार सार्बजनिक गरिएको तिङला ढोईको शब्द रचनाकार गोर्खा घिसिङ हुन भने संगीत गायकद्धय प्रतिक मोक्तानले गरेका हुन् । यस गीतमा प्रतिक मोक्तानलाई चर्चित गायीका जितु लोप्चनले साथ दिएका छन् । गीतको भिडियोमा भने प्रतिक मोक्तान र प्रतिमा सिङ्तानलाई प्रेम लिलामा देख्न सकिनेछ । मिस्टर काजीले निर्देशन गरेको यस गीतको भिडियोमा प्रतिक र प्रतिमालाई फरक तवरले प्रस्तुत गर्नुका साथै म्युजिक भिडियोमा थोरै भए पनि फरकपन दिन खोजिएको छ । गीतको अडियो मिक्सिङ र एरेन्ज सानुबाबु घिसिङले गरेका हुन् भने भिडियो छायांकन, सम्पादन र रंग सम्पादन समेत त्रिलोक लामाले गरेका हुन् ।

काभ्रेको रोशी गाउँपालिका अन्तर्गत पर्ने अत्यन्तै चर्चामा आएको तिन धारे झर्ना लगायतका ठाउँहरुमा छायांकन सम्पन्न गरेको भिडियोमा निक्कै मनमोहक दृश्यहरु समेत देखाएको छ ।

गीतको अडियो र भिडियो दुवै पक्ष समग्रमा खुलेरै तारिफ गर्न योग्य देखिन्छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्