19.1 C
Kathmandu

कला/ साहित्यतामाङ चलचित्र संघद्धारा गरे नव निर्वाचित तामाङ कलाकार संघका कार्यसमितिलाई बधाई तथा...

तामाङ चलचित्र संघद्धारा गरे नव निर्वाचित तामाङ कलाकार संघका कार्यसमितिलाई बधाई तथा सम्मान

काठमाडौ । तामाङ चलचित्र संघ नेपालले नेपाल तामाङ कलाकार संघका नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरेको छ ।

शनिबार काठमाडौ स्थित एक होटलमा तामाङ चलचित्र संघ नेपालको आयोजनामा नेपाल तामाङ कलाकार संघको ८ औं महाधिवेशनबाट निर्वाचित नव कार्यसमितिको सिंगो टिमलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । गत साता मात्रै सम्पन्न नेपाल तामाङ कलाकार संघको ८ औं अधिवेशनबाट गायक तथा संगीतकार विशाल काल्तानको नेतृत्वमा नव कार्यसमिति सर्वसहमत ढंगले चयन भएको थियो । तामाङ कलाकार तथा चलचित्रकर्मीहरुको एक अभिन्न अंगको रुपमा स्थापित यी दुवै संस्थाले कला संस्कृति र सिंगो समुदायको हक हितको निमित्त हरेक कोणबाट भुमिका निर्वहा गर्दै आएको छ ।

कत्तिपय बेला बखत भने यी दुवै संस्थाबिचमा मनमुटाप रहेको कुरा बजारमा आए पनि वास्तवमा त्यस्तो नरहेको र अन्ततगत्व दुवै संस्थाको विधिविधान र उदेश्य एउटै रहेको तामाङ चलचित्र संघ नेपालका अध्यक्ष कुमार मोक्तानले बताए । तामाङ कलाकार संघका नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै अध्यक्ष कुमार मोक्तानले भने केही बर्ष यत्ता विशाल काल्तानसंग कार्यगत एकताको हिसावले टाढिएको भने स्वीकारेको छ । विगतमा विशाल काल्तान र कुमार मोक्तानले मिलेर काम गरेको अनुभवहरु व्यक्त गर्दा कार्यक्रममा सहभागिलाई केही बेर भावुक मात्रै बनाएनन् केहीको आँखाबाट आँशु समेत झरेको दृश्य देखिएको थियो ।

यसै गरि नेपाल तामाङ कलाकार संघका नवनिर्वाचित अध्यक्ष विशाल काल्तानले पनि विगतमा कुमार मोक्तानसंग मिलेर काम गर्दाको पलहरु सुनउंदा सबैजसो भावुक बनेका थिए । कला संस्कृति र तामाङ समुदायको हक र हितको निमित्त अनवरत रुपमा आन्दोलनको अग्र पंतिमा रहेको नेपाल तामाङ कलाकार संघले आगामी दिनहरुमा ति त्यस्ता आन्दोलनहरुमा तामाङ चलचित्र संगै रहने समेत बताए ।

शनिबार सम्पन्न बधाई तथा सम्मान कार्यक्रममा नेपाल तामाङ पत्रकार संघ भक्तपुरका अध्यक्ष सुदिन लामा दोङ, पत्रकार हिरोज लोप्चन, तामाङ चलचित्र संघका पूर्वउपाध्यक्ष र पूर्वअध्यक्ष समेतले नेपाल तामाङ कलाकार संघका नवनिर्वाचित सिंगो टिमलाई बधाई तथा कार्यकाल सफलतको शुभकामना व्यक्त गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्