17.1 C
Kathmandu

कला/ साहित्यपेमा लामा योञ्जनको मायाला घ्रानको ट्रेलर र गीत एकै साथ सार्वजनिक गर्ने...

पेमा लामा योञ्जनको मायाला घ्रानको ट्रेलर र गीत एकै साथ सार्वजनिक गर्ने तयारी

काठमाडौं । जिम्बा फिल्मसको ब्यानरमा निर्माण गरिएको पेमा लामा योञ्जनको तामाङ भाषाको चलचित्र मायाला घ्रनमा समाबेश गरिएका २ वटा गीतको भिडियो र चलचित्रको अफिसियल ट्रेलर सार्बजनिक गर्ने तयारी रहेको छ । भोली शनिबार उक्त चलचित्रको ट्रेलर र गीत सार्बजनिक गर्ने चलचित्रको निर्माता पेमा लामा योञ्जनले नमोबुद्ध न्यूजलाई जानकारी दिएको हो ।

पछिल्लो समय एक पछि अर्को चलचित्र निर्माण गर्दै आएको युवा व्यक्तित्व पेमा लामा योञ्जन र जिम्बा फिल्मस् प्रा.लि.ले तामाङ चलचित्रलाई व्यबसायीकरण गर्ने उदेश्यका साथ चलचित्र निर्माणमा तिब्रता दिएको देखिन्छ । यस अघि मात्र हाल्से स्होजी चु माया, नाना आङा जस्ता दर्शकले अत्याधिक मात्रमा रुचाइएको २ वटा चलचित्रको सफल प्रदर्शन पश्चात पुनः उक्त ब्यानरमा नै पेमा लामा योञ्जनले अर्को एक पृथक चलचित्रको निर्माण कार्यमा जुटीरहेको छ । निर्माताद्धय पेमा लामा योञ्जनको अनुसार बिलकुलै व्यबसायीक तवरले निर्माण गरिएको चलचित्र मायाला घ्रान अर्थात मायाको कसमको छायांकन सम्पन्न भएर धमाघम पोस्ट प्रोडक्स तथा सम्पादनको काम भैरहेको छ । पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा रहेको उक्त चलचित्रको अफिसियल ट्रेलर र चलचित्रमा समाबेश गरिएिको २ वटा गीतको भिडियो शनिबार जोरपाटी स्थित द स्हेनोर हाउसमा पत्रकार सम्मेलन गरि सार्बजनिक गर्ने तयारी रहेको चलचित्र निर्माण पक्षले बताएको छ ।

पेमा लामा योञ्जन, कालू मान रुम्बा र कुमार मोक्तनको संयुक्त लगानिमा निर्माण गरिएको उक्त चलचित्रको निर्देशन निमा लामा तामाङले गरेको छ भने कथा लेखन नायक कृष्ण लामाले गरेका हुन् । चलचित्रको पट कथा निमा लामा तामङको रहेको छ । त्यसै गरि द्धन्द सुरज श्रेष्ठको रहेको छ भने नृत्य निमा लामा तामाङकै रहेको छ । संगीत निर्देशकद्धय निमा लामा तामाङ र देब स्याङ्तानको रहेको छ । गीतमा नेपाल तामाङ कलकार संघको नव निर्वाचित अध्यक्ष एवम् चर्चित गायक तथा संगीतकार बिशाल काल्तान, सुरेश लामा, जितु लोप्चन, सुमिना लो लगायतका गायक गायीकाको आवाज रहेको छ ।

चलचित्रमा नायक कृष्ण लामा, नायीका अबिना गोले, आशिष रुम्बा, छिरिङ मोक्तान लगाय अन्य कलाकारहरुको अभिनय रहेको छ । सुर्य लामाले छायांकन गरेको उक्त चलचित्रको सम्पादन बिस्वाश भण्डारीले गरेका हुने भने रंग सम्पादन सुर्य लामाले गरेका हुन् ।

यहि असोज १ गते राष्ट्रिय नाचघर जमालमा तामाङ कथानक चलचित्र ङिङ्जेको बिशेष प्रदर्शन हुने…….

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्