19.1 C
Kathmandu

कला/ साहित्यडम्फु साँझ २०२३ का लागि बिशाल काल्तन र जितु लोप्चन सहितको कलाकारहरु...

डम्फु साँझ २०२३ का लागि बिशाल काल्तन र जितु लोप्चन सहितको कलाकारहरु हङ्कङ् जाँदै

काठमाडौ । हङकङ तामाङ तामाङ घेदुङको आयोजनामा हुन लागेको कार्यक्रम डम्फु साँझ २०२३ का लागी चर्चित गायक तथा संगीतकार बिशाल काल्तन र गायीका जितु लोप्चन लगायतका कलाकारहरु आफ्न प्रस्तुतिका लागी हङकङ जाने तयारीमा रहेको छ ।

हाम्रो संस्कृति हाम्रो शान, बचाऔं आफ्नो पहिचान भन्ने मुल नाराका साथ हङकङमा डम्फु साँझ २०२३ को आयोजना गरिएको हो । हङकङ तामाङ घेदुङको मुख्य आयोजना हुन लागेको उक्त कार्यक्रमलाई हङकङ तामाङ घेदुङ आङी समुहले सह आयोजना गरिएको हो । कार्यक्रम आयोजक संस्थाले कार्यक्रमको प्रचारका लागी तयार गरिएको पोस्टरमा उल्लेख भए अनुसार कार्यक्रम सेप्टेम्बर ३ तारिख अर्थात नेपाली मिति अनुसार भाद्र १७ गतेका दिन हङकङको समय अनुसार साँझ ७ बजे हुने भएको छ । कार्यक्रम Yau Ma Community Hall मा हुने भएको छ ।

नेपाल तामाङ कलाकार संघका उपाध्यक्ष समेत रहेका गायक तथा संगीतकारद्धय बिशाल काल्तन र चर्चित गायीका जितु लोप्चनको साथमा आफ्ना सांगीतिक प्रस्तुतिका लागि चर्चित गायक उर्गेन दोङ र गायीका दुर्गा गुरुङ पनि प्रस्थानको तयारीमा रहेको छ ।

तामाङ जातिको एक मात्र राष्ट्रिय संस्थाको रुपमा चिनिएको नेपाल तामाङ घेदङु प्रवासको विभिन्न देशहरुमा समेत सकृय भुमिकामा रहेका छन् । यत्ता नेपाल तामाङ घेदुङको अगुवाईमा विभिन्न तामाङ संघसंस्थाहरुको एक्यबद्धतामा हालै मात्र ताम्सालिङ संघर्ष समिति घोषणा गरिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्