काठमाडौ । पर्यटन क्षेत्रमा सक्रिय तामाङ समुदायका ब्यवसायी र पर्यटन पेशाकर्मीहरुको साझा संस्था तामाङ ह्रिममठीम पर्यटन संजालको दोस्रो साधारणसभा भब्यताकासाथ सम्पन्न भएको छ ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको आतिथ्यतामा सम्पन्न कार्यक्रम काठमान्डौँ गार्डेन होम ठमेलमा सम्पन्न भएको थियो । टान, एन एम ए लगायत धेरै पर्यटनसम्बद्द संघसंस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थितिसमेत रहेको सो कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेका थिए । साधारणसभाले महासचिव छेटुप तामाङ र कोषाध्यक्ष ऋतु ग्यामदानको बार्षिक प्रतिबेदन पारित गर्दै आगामी बर्ष ०८०/०८१ को लागि आठबुँदे कार्ययोजनासमेत पारित गरेको छ ।
त्यसैगरि कार्यक्रमको दोस्रो शत्रबाट आगामी दुईबर्षका लागि संस्थाको १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । संस्थाको नवगठित कार्यसमिति यसप्रकार छन्:
१. अध्यक्ष: सरीता लामा
२. वरिष्ठ उपाध्यक्ष: दोर्जे तामाङ
३. उपाध्यक्ष: ऋतु ग्यामदान
४. महासचिव: नरध्वज तामाङ (क्षितिज)
५. सचिव: बिजय तामाङ
६. कोषाध्यक्ष: कुमार लामा
७. सह-कोषाध्यक्ष: बिश्वराज तामाङ
सदस्यहरू:
१. रबि लामा
२. हिमाल तामाङ
३. प्रकाश लामा
४. अमृत थोक
५. शान्ती तामाङ
६. पुष्कर तामाङ
७. टीका ब. तामाङ
८. दावा तामाङ
९. प्रदिप कुमार तामाङ
१०. पासाङ धुन्दुप तामाङ