19.1 C
Kathmandu

ब्रेकिङ समाचारधादिङ बस दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु

धादिङ बस दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । धादिङको गजुरी–२ चालिसेमा बस दुर्घटनामा हुंदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिएका छन् । । घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको मृत्यु भएको र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको डिएसपी सन्तु जयसवालले बताए ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्