24.1 C
Kathmandu

समाचार२९ औं तामाङ प्रसारण दिवस तामाङ पत्रकार संघ संघिय समितीले मनाए यसरी

२९ औं तामाङ प्रसारण दिवस तामाङ पत्रकार संघ संघिय समितीले मनाए यसरी

काठमाडौं । २९ औं तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघका देशभर रहेका विभिन्न जिल्ला शाखाहरुले भव्यताका साथ मनाएका छन् । यसै क्रममा भाद्र १ गते तामाङ पत्रकार संघ संघिय समितीको आयोजनामा तामाङ मिडिया अवार्ड वितरण तथा ह्याङ्ला काई नामक किताब बिमोचन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो ।

बागमती प्रदेश सरकारका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री तर्थ बहादुर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा भाषाविद अमृत योञ्जन, मानवशास्त्री डा.मुक्त सिं तामाङ, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले लगायत अन्य थुप्रै संघ संस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेका थिए । तामाङ पत्रकार संघले प्रत्यक बर्ष तामाङ प्रसारण दिवसको अवसरमा दुई जनालाई तामाङ मिडिया अवार्ड वितरण गर्दै आएको छ । यस पटक भने तामाङ मिडिया अवार्ड २०८० सन्तवीर मोक्तान र मायालु ङेसुरलाई प्रदान गरिएको छ ।

बिक्रम सम्वत २०५१ भाद्र १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा समाचार वाचन गरेको दिनलाई स्मरण गर्दै तामाङ पत्रकार संघले भाद्र १ गतेलाई तामाङ प्रसारण दिवसको रुपमा मनाउदै आएको छ । यसै क्रममा हिजो सम्पन्न तामाङ मिडिया अवार्ड वितरण तथा ह्याङ्ला काई पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि तिर्थबहादुर लामाले ह्याङ्ला काई को साथै चन्द्र कुमार मोक्तानको पुरानो गीत साङाला जिर्मा बोलको गीत नयाँ भर्सनमा सार्वजनिक गरेका थिए । यस अघि संघले एक कार्यक्रमका बिच कलम जीवी प्रकाशन तथा विमोचन गरेका थिए ।

तामाङ प्रसारण दिवस अन्य जिल्लाहरुमा पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाएका छन् । यसै क्रममा भक्तपुर, सिन्धुपाल्चोक र काठमाडौ शाखाले भने श्रावण ३० गते नै विविध कार्यक्रमको आयोजना गरि मनाएका थिए ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्