25.1 C
Kathmandu

समाचारतामाङ कलाकार संघद्वारा बागमती प्रदेशका तीन तामाङ मन्त्रीलाई एकैसाथ सम्मान

तामाङ कलाकार संघद्वारा बागमती प्रदेशका तीन तामाङ मन्त्रीलाई एकैसाथ सम्मान

काठमाडौं । नेपाल तामाङ कलाकार संघद्धारा बागमती प्रदेशका तीन जना तामाङ मन्त्रीहरुलाई एकै साथ सम्मान गरेको छ ।

शनिबार काठमाडौं स्थित प्रज्ञा भवनमा एक कार्यक्रमका बीच संघले तामाङ समुदायबाट बागमती प्रदेश सरकारमा सहभागी भएका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, खानेपानी, उर्जा तथा सिँचाई मन्त्री तिर्थ लामा, सामाजिक बिकास मन्त्री कुमारी तामाङलाई एकै साथ सम्मान गरेका हुन् । उक्त कार्यक्रममा बिश्वको सर्वोच्च शिखर सगरमाथा आरोही पेमा टासी तामाङलाई पनि सम्मान गरेका थिए । उनी नेपाल तामाङ कलाकार संघ कै सदस्य हुन् उनले बिश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाल तामाङ कलाकार संघको झण्डा समेत फहराएका थिए ।


तामाङ समुदायको पहिलो गायक एवम् लोक सम्राट चन्द्रकुमार मोक्तानको प्रमुख आतिथ्यतामा तामाङ समुदायबाट बागमती प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीहरु र आरोही तामाङलाई सम्मान गरिएको हो । कार्यक्रम पूर्वनिर्धारित नै तय गरिएको भए पनि वर्तमान परिवेशमा अधिवक्त सितल पाण्डेले एक टेलिभिजन अन्तरवार्ताको क्रममा दिएको विवादास्पत अभिव्यक्ति र उनलाई पक्राउ गर्न दवाभ स्वरुप जिल्ला प्रहरी परिसर टेकुमा धर्ना कार्यक्रमका बीच नेपाल प्रहरीबाट गरिएको बलजफ्ती धरपकटको बिषयमा समेत चर्चा भएको थियो ।


कार्यक्रममा नेपाल तामाङ घेदुङको संघीय अध्यक्ष मोहन गोले अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा वरिष्ठ संगीतकार शिला बहादुर मोक्तान ,तामाङ कलाकार संघको सल्लाहकार वरिष्ठ गायक प्रदिप बोम्जन,वरिष्ठ गायक रोज मोक्तान वरिष्ठ गायक प्रेम लोप्चन,तामाङ चलचित्र संघकी उपाध्यक्ष भुईसाल लामा,तामाङ चलचित्र संघका अध्यक्ष आस्मान वाइवा, म्हेन्दो माया कलाकार संघको अध्यक्ष राम गोम्जा,वाइवा समाजका अध्यक्ष विरेन्द्र तामाङ वाइवा लगायतका अतिथिहरु रहेका थिए।

नेपाल तामाङ कलाकार संघको अध्यक्ष विश्व दोङको सभापतित्वमा सम्पन्न कार्यक्रम संघको महासचिव रोशन फ्युपाले सञ्चालन गरेको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्