19.1 C
Kathmandu

कला/ साहित्यतामाङ कथानक चलचित्र ''ङिङ्जे'' असोज १ गते राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शनको...

तामाङ कथानक चलचित्र ”ङिङ्जे” असोज १ गते राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शनको तयारी

काठमाडौं । लामो समयदेखी प्रदर्शनको पर्खाइमा रहेको तामाङ कथानक चलचित्र ”ङिङ्जे” यहि असोज १ गते राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन गर्ने भएको छ । गत सोमबार जोरपाटी स्थित द श्हेनोर हाउसमा पत्रकार सम्मेलन मार्फ चलचित्र असोज १ गते प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।

६ बर्ष देखी छायांकनको क्रममा रहेको भनिएको उक्त चलचित्रको छायांकन धेरै बर्ष अघि नै सकेको र बिचमा कोरना लगायतका समस्यका कारण रोकेको ङिङ्जेको फेरी गत साता अघि मात्रै एका एक छायांकनको खबर सुने पश्चात हामीले चलचित्रका नायक एवम निर्देशक अमिर दोङ संग यो विषयमा संवाद गरेका थियौं । २/३ बर्ष कोरोनाले रोकेपछि अर्को एउटा नयाँ गीत समावेश गरेर ङिङ्जेको थारै ठुलो भएको दृश्य समेत देखाउनु पर्ने भएको हुंदा केही बर्ष फेरी कुरेको र बिचमा आर्थिक व्यवस्थापनको कारणले गर्दा पनि रोकिएको कुरा महानायक अमिर दोङले बताएका छन् ।

लामो समयदेखी दर्शकहरुले हेर्नका लागी पर्खिरहेको चलचित्र ”ङिङ्जे” एक विशुद्ध सामाजिक एवम् पारिवारीक चलचित्र रहेको छ । गत साता मात्रै यस चलचित्रको अफिसियल ट्रेलर र चलचित्र भित्र समावेश गरिएका २ वटा गीतको भिडियो समेत सार्वजनिक गरिएको थियो । यद्यपि युट्युवमा भने चलचित्रको ट्रेलर मात्र सार्वजनिक गरिएको छ । दोङको अनुसार चलचित्र प्रदर्शन गर्नु अघि नै उक्त चलचित्रको टाईटल गीत र अर्को एउट प्रेम गीत ”भर आरे जीन्दगीला” सार्वजनिक गर्ने बताएको छ । चलचित्र प्रदर्शनको मिति घोषणा संगै ट्रेलर सार्वजनिक कार्यक्रममा लामो समय सम्म चलचित्र संग सम्बन्धित रहेर अन्तरकृया नै चलेको थियो । अन्तरकृयाको क्रममा चलचत्रिका नाय एवम् निर्देशक अमिर दोङ, नायीका सुस्मा मोक्तान, सुस्मा थिङ, कुईसाङ रुम्बा, च्वाईस दोङ र ऋतुराज पाख्रिनले पत्रकारहरुले उठाएका पश्नहरुको जवाफ दिएका थिए ।

नेपाली चलचित्रको बजारमा मुलधारको चलचित्रको अलवा विभिन्न समुदायका चलचित्रहरुले पनि निक्कै फड्को मारेको अवस्था छ । विशेषत: भाषा, धर्म, संस्कार संकृतिलाई बढि प्राथमिकतामा राखेर तामाङ चलचित्रहरु निर्माण गर्ने गरेको पाईन्छ । यद्यपि पछिल्ला समय यत्ता भने तामाङ चलचित्रहरु व्यावसायीक रुपमा निर्माण हुने गरेको पाईन्छ । यसै क्रममा तामाङ सुपर स्टार डम्फु मिडिया प्रा.लि.को व्यानरमा निर्माण गरिएको तामाङ कथानक चलचित्र ङिङजे यहि असोज १ गते राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शनको मिति घोषण गरेको छ । चलचित्र ङिङ्जेको नाम सुन्ने वित्तिकै आम दर्शकहरुको कान ठाडो हुने गर्दछ । किन कि यो चलचित्र ६ बर्षदेखी छिट्टै आउँदैछ मात्रामा सिमित थियो । तर चलचित्र प्रदर्शन भने गर्न सकेको थिएन । यस पटक भने उक्त चलचित्रका निर्देशक एवम् नायक अमिर दोङले असोज १ गते चलचित्र प्रदर्शन हुने मिति तोकेपश्चात आम दर्शकदिर्घको प्रतिक्षाको बाँध फुट्ने भएको छ ।

तामाङ सुपर स्टार डम्फु मिडियाको व्यानरमा निर्माण गरिएको तामाङ कथानक चलचित्र ङिङ्जे निर्देशनको हिसावले अमिर दोङको १६ औं चलचित्र हो भने अभिनयको हिसावले उनको यो ३० औं चलचत्रि हो । यस चलचित्रको निर्माता दिपेन्द्र लोप्चन (मुरली) र रन्जीता स्याङतान रहेको छ भने सह निर्माता प्रविन कुमार तामाङ रहेको छ । यसै गरि यस चलचित्रको प्रस्तुतकर्ता पेमा लामा योञ्जन रहेको छ ।
केही बर्ष अघि सम्म एक पछि अर्को लचित्रमा निर्देशन तथा अभिनयमा समेत निरन्तर देखिएका अमिर दोङको पछिल्ला चलचित्र ”देन्बा माया” पछि भने दर्शकहरुले म्युजिक भिडियोमा मात्रै देख्न पाएका थिए । कोरोना भाईरसको कारण देखाएर प्रदर्शनमा रोक लगाएको उनको चलचित्र ङिङ्जे र म्हारमेन भने अब दर्शकहरुले क्रमबद्ध रुपमा हेर्न पाउने भएको छ ।

चलचित्रको सह निर्देशक कुईसाङ रुम्बा, द्धन्द राजु निर्देशक राजु तामाङ,संगीतकार च्वाईस दोङ र रोशन लामा, गाएक गायिका विशाल काल्तान, रोशन लामा, हावा लामा दोङ, जितु लोप्चन निर्मला घिसिङ, रञ्जिता घिसिङ रहेका छन् भने नृत्य निर्देशन अमिर दोङ, कृष्ण ब्लोन रहेका छन् ।

चलचित्रको छायांकन स्थल भने जोमसोम, भक्तपुर, बौद्ध, स्वयम्भ काठमाण्डौ आसपास रहेको छ । बिक्रम मोक्तान र त्रिलोक वाईबा ले छायांकन गरिएको यो चलचित्रको लेखन/पटकथा र संवाद ऋतुराज पाख्रीनको रहेको छ । चलचित्रको मुख्य भुमिकाम नायक–अमिर दोङ सह नायक सोम मोक्तान, नायीका– सुस्म थिङ, अतिथि कलाकार– सुस्मा मोक्तान, खलनायक दिपेन्द्र लोप्चन(मुराली) राज गोले, कलाकारहरुमा कुईसाङ रुम्बा, पदम दोङ, अनिता नेगी, मोनिका मोक्तान, बाल कलाकार सजिना लोप्चन रहेका छन् ।

चलचित्रको सम्पादन बिक्रम मोक्तानले गरेका हुन भने कलर करेक्शन त्रिलोक वाईबाले गरेका हुन् ।

चलचित्रको ट्रेलर हेर्नुहोस…..

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्