19.1 C
Kathmandu

कला/ साहित्यकुमार योञ्जनको तिम्रो माया दिलमै खोपौंला भिडियो सहित बजारमा

कुमार योञ्जनको तिम्रो माया दिलमै खोपौंला भिडियो सहित बजारमा

काठमाडौ । गायक तथा संगीतकार कुमार योञ्जनको तिम्रो माया दिलमै खोपौंल भिडियो सहित बजारमा सार्वजनिक भएको छ । संगीतकारद्धय कुमार योञ्जनको यर्थाथमै युगल जोडीले अभिनय गरेको यो गीतको भिडियो केही दिन अघि मात्रै कुमार योञ्जनको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

प्रकाश तामाङले शब्द रचना गरेको उक्त गीतमा संगीत कुमार योञ्जनको रहेको छ, गीतको अडियो एरेन्ज संगीतकारद्धय योञ्जनकै रहेको छ भने मिक्सिङ दिपेश प्रधानको रहेको छ । आफैले अडियोको सम्पुर्ण पक्षमा काम गरेको योञ्जनले यो गीतमा आवाज समेत आफैले दिएका छन् । पछिल्ला केही समय यत्ता केही केही कलाकारहरु आफैले अडियो एरेन्ज र मिक्सिङ गर्दै आएका छन् । यो गीतको भिडियो तर्फ भने तामाङ चलचित्र जगतका महानायक अमिर दोङको निर्देशनमा गायक तथा संगीतकारद्धय कुमार योञ्जन र उनकै धर्मपत्नि मनु तामाङको साथमा योञ्जन आफैले अभिनय गरेका छन् ।

भिडियोमा कुईसाङ रुम्बा र पदम दोङको अभिनयले अझ रोमाञ्चक बनाएको छ भने भिडियोको अन्तमा तामाङ महानायक अमिर दोङको आगमन संगै अझ रोचक बनेको देखिन्छ । विशुद्ध माया पिरतिमा आधरित यो गीतको भिडियो भने रोचक तवरले निर्माण गरिएको छ । बजारमा दिनानुदिन जस्तै नयाँ नयाँ म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रममा कुमार योञ्जनको तिम्रो माया दिलमै खोपौंलाको भिडियो भने अलि फरक तवरले निर्माण गरिएको देखिन्छ ।

भिडियोको छायांकन पवन सुश्लिङले गरेका हुन् भने कोरीयोग्राफी युद्ध लामा ब्लोनले गरेका हुन् ।
भिडियो हेर्नुहोस…..

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्