17.1 C
Kathmandu

कला/ साहित्यपरदेशीको भोगाई यथार्थमा चित्रण–तारादेवीको 'भेट कहिले हाम्रो'

परदेशीको भोगाई यथार्थमा चित्रण–तारादेवीको ‘भेट कहिले हाम्रो’

काठमाडौं । गत साता खोज मिडियामार्फत सार्वजनिक गरिएको गीत ‘भेट कहिले हाम्रो’ परदेशी जीवन बिताउनेहरुका वास्तविक भोगाईहरु समेटिएको देखिन्छ । सबै परदेशीको एकै नासको भोगाई नहुन सक्छ तर नव गायीका तारादेवी खड्का तामाङको भने आफैले वैदेशिक रोजगारको क्रममा नेपाल बाहिर रहंदा भोगेका समस्याहलाई गीतमार्फत प्रस्तुत गरेको देखिन्छ ।

संचारकर्मी तथा खोज मिडियाका संचालक समेत रहेका गणेश बज्र योञ्जनको शब्द रचना रहेको उक्त गीतमा नव गायीका तारादेवी खड्का तामाङ र प्रकाश तामाङ तितुङको रहेको छ भने संगीत प्रकाश तामाङ तितुङकै रहेको छ । गायीका तारादेवी खड्का तामाङ शब्द रचनाकार गणेश बज्र योञ्जनको धर्मपत्नि हुन् । बिगत लामो समयदेखी रोजगारको शिलशिलामा विदेशिएका तारादेवी केही समय छुट्टिमा नेपाल आएकी हुन् । यही समयलाई सदुपयोग गर्दै उनले आफ्नै श्रीमानले रचना गरेको गीत गाउने निर्णयका साथ गीत रेकर्ड गरि बजारमा सार्वजनिक गरेका हुन् । गायीका तारादेवी खोज मिडियाका संरक्षक समेत हुन् ।

लामो समय दक्षिण कोरियामा जीवन बिताएका तारादेवीको वास्तविक भोगाई उनको आफ्नै श्रीमानले नजिक बाट बुझेर शब्दमा रुपान्तरण गरेका थिए । आमा बनिसकेकी एउटी महिला आफ्नो सन्तान र श्रीमानलाई छोडेर विदेशिनुपर्दाको पिडा र त्यस पश्चात घरमा श्रीमानले आफ्ना सन्तानको हेरचाह र घर व्यबहार सम्हाल्नु पर्दा विदेशिएका एक महिलाको मनमा लागेको चोट संगै परिवार छोडेर विदेशमा भोगेका समस्यालाई यर्थाथ चित्रण गरिएको गणेश बज्र योञ्जनले बताए । अझ भनौं विदेशिएका श्रीमति र स्वदेशमै छोराछोरी र घरव्यवहामा परेका श्रीमान विचको एक अर्काको मायाको भावलाई नजिक बाट प्रस्तुत गरेको पाईन्छ गीतमा ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्