19.1 C
Kathmandu

कला/ साहित्यकृष्ण ब्लोनद्धारा निर्देशित तामाङ गीत छाता कुसि ट्रेण्डिङ नं.१२ मा

कृष्ण ब्लोनद्धारा निर्देशित तामाङ गीत छाता कुसि ट्रेण्डिङ नं.१२ मा

काठमाडौं । तामाङ गीतसंगीतको बजारमा दिनानुदिन फरकफरक धारका गीतको भिडियोहरु सार्वजनिक हुने क्रममा शुक्रवार कृष्ण ब्लोन अफिसियल बाट सार्बजनिक गरिएको तामाङ गीत छाता कुसि हामीले समाचार सम्प्रेषण गर्ने समय सम्म ट्रेण्डिङ नं.१२ फर म्यूजिकमा पर्न सफल भएको छ ।

अपलोड गरेको २४ घण्टाभित्र ट्रेण्डिङ नं.२४ मा पर्न सफल उक्त गीतको भिडियो अहिले १२ नं.परेको छ । यो समाचार तयार पारेको सयमसम्म यो भिडयोलाई ७४,४९० पटक हेरिएको देखिन्छ भने ३२०० भन्दा बढीले लाईक गरेका छन् । गीतको भिडियोमा हालसम्म २४२ जनाले प्रतिकृया दिएका छन् । भिडियो सार्वजनिक भएको केही मिनेटमा नै सकरात्मक को साथै नकरात्मक टिप्पणी गर्ने प्रचलन अहिले पनि यथावत नै रहेको छ । तर यो गीतको भिडियोमा भने नकरात्मक टिप्पणी अहिले सम्म आएको देखिदैन । दर्शकहरुले गीतको अडियो पक्ष निक्कै बलियो रहेको र भिडियोले झनै गीतलाई मसला थपेर हेरौं हेरौं लाग्ने खालको बनेको प्रतिकृया दिएका छन् ।

कृष्ण लामा ब्लोन आफैमा एक स्थापित मोडल, निर्देशक र कोरियोग्राफर मात्र नभए भिडियो छायांकन, सम्पादन तथा रंग संयोजन समेत आफै गर्ने गर्दछन् । यस अघि दर्शकहरुले निक्कै रुचाइएका गीतहरुमा मोडलिङ गरिसकेका उनै ब्लोनले निर्देशन गरेको भिडियो हो छाता कुसि । राजु लामा थिङको शब्द संगीत रहेको यो गीतमा निक्कै नै ठट्यौली तथा रोमान्चक शब्दहरुको प्रयोग गरिएको छ । डान्सिङ बिटमा बनेको यो गीतमा आवाज भने चर्चित गायीका सुमिना लो र झलक थिङको रहेको छ । शब्द संगीत अनुसाको निक्कै नै रोमाञ्चक तवरले सुमधुर आवाज दिएका छन् गायन पक्षले ।

गीतको मिक्सिङ/एरेन्ज सानुबाबु घिसिङले गरेका हुन । अडियो रेकर्ड फ्याफुल्ला नेपालमा गरेको हो ।

गीतको भिडियो तर्फ भने निर्देशकद्धय कृष्ण लामा ब्लोनको कुशल निर्देशनमा राजु लामा थिङ, ल्हामीन थिङ, अस्मिता तामाङ र पर्वत तामाङको नृत्य तथा अभिनय रहेको छ । भिडियोको छायांकन, सम्पादन तथा रंग संयोजन समेत निर्देशद्धय ब्लोनको नै रहेको छ भने ड्रोन अप्रेटरको भुमिका समेत उनैले गरेका हुन् । तामाङ गीतसंगीतको बजारमा पछिल्ला समय निक्कै नै व्यावसायिक रुपमा लागेका छन् कलाकारहरु । बेला बेलामा संस्कार संस्कृति ह्रिमठिमको गीतहरु समेत बजारमा ल्याएका कलाकारहरु अहिले व्यावसायिक रुपमा नै भिडियोहरु निर्माणमा लागेका छन् । यसैको ज्वलन्त उदाहरण हो तामाङ गीत छाता कुसि ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्