19.1 C
Kathmandu

कला/ साहित्यकाभ्रेको बनेपा शुभकामना हलमा तामाङ चलचित्र नाना आङाको सफल प्रदर्शन

काभ्रेको बनेपा शुभकामना हलमा तामाङ चलचित्र नाना आङाको सफल प्रदर्शन

काठमाडौ । तामाङ भाषाको चलचित्र नाना आङा काभ्रे बनेपास्थित शुभकामना हलमा सफलतापुर्वक प्रदर्शन सम्पन्न भएको छ । शनिबार बनेपामा प्रदर्शन गरिएको उक्त चलचित्रलाई काभ्रेली दर्शकहरुले मायाको अभाव महशुस गर्न दिएनन् ।

जिम्बा फिल्मस्को १२ औं प्रस्तुतिमा पेमा लामा योञ्जनले निर्माण गरिएको तामाङ चलचित्र नाना आङ हेर्नका लागी काभ्रे बनेपा आसपासका दर्शकहरुले हल भरेका थिए । तामाङ चलचित्र संघ नेपालका अध्यक्ष एवम् नायक कुमार मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न एक औपचारिक कार्यक्रम पश्चात शनिबार नाना आङाको विशेष प्रदर्शन गरेका थिए । कार्यक्रममा पर्वतारोही तथा पर्यटन व्यावसायी विश्वराज तामाङ विशेष अतिथीको रुपमा उपस्थित थिए भने कार्यक्रमको अध्यक्षता चलचित्रको निर्माता पेमा लामा योञ्जनले गरेका थिए । चलचित्र हेर्नका लागी हलमा विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, व्यवसायी, समाजसेवी देखी सर्वसाधारणहरुको भिड नै लागेका थिए ।

चलचित्र हेर्न आउने आम दर्शकको साथै मञ्चमा आसिन अतिथिवर्गहरुलाई औपचारिक कार्यक्रममा नायक जय स्याङ्तानले शुभकामना मन्तव्य राखेका थिए । मन्तव्यकै क्रममा चलचित्रका निर्देशक निमा लामा तामाङले चलचित्र हेर्न आउने दर्शकहरुलाई धन्यवाद व्यक्त गर्दै काभ्रेली दर्शकहरुले तामाङ चलचित्रप्रति दर्शाएको मायाको खुलेरै प्रशंसा गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि चलचित्र संघका अध्यक्ष एवम् नायक कुमार मोक्तानले भने मातृभाषाको चलचित्र बनाउने र चलचित्रमा अभिनय गर्ने कलाकारहरु सबै नेपाली चलचित्रकर्मी रहेको बताए । नेपाली भाषाको चलचित्रमा अभिनय गर्ने कलाकारहरुले भन्दा कुनै पनि हालतमा अभिनयमा कमी नरहेको कुरा व्यक्त गर्दै नायक मोक्तानले भने ”हाम्रो चलचित्रलाई माया गर्ने तामाङ दर्शकहरु थुप्रै छन् । अहिले ईन्टरनेटको जमानामा हाम्रा अधिकांश दर्शकहरु ईन्टरनेटको पहुंचभन्दा बाहिर रहेको छ । हाम्रा चलचित्रलाई माया गर्ने ति गाउँवस्तीका बुवाआमाहरु ईन्टरनेटको पहुुंचभन्दा बाहिर छन् । तसर्थ हामीलाई अहिले मायाको कमी भएको थोरै महशुस भएको मात्र हो । उनले थपे आज यो चलचित्र हेर्न आउने दर्शकको संख्याले नै बताएको छ कि हामीलाई माया गर्ने दर्शक कत्ति रहेछ भनेर ।”

नाना आङा चलचित्र हेरे तामाङ चलचत्रिको अवस्था रुप विशेषता फेरिएको महशुस हुने गर्दछ । नेपाली बजारमा मात्र होईन अन्तराष्ट्रिय बजारमा समेत हिस्सा ओगट्न सक्ने चलचित्रहरु क्रमश तामाङ भाषामा बन्ने क्रम बढ्दो रहेको छ । नाना आङा भित्र समाजमा दिदि बहिनिको सम्बन्ध र मायालाई नकरात्मक र सकरात्मक हरेक हिसावले दर्शाएको पाइन्छ । चलचित्रको शुरुदेखी नै दर्शकहरुलाई अब के हुन्छ भन्ने खालका खुलदुलि बनाएको पाईन्छ । तामाङ समुदायको हक र हितको निमित्त स्थापना गरिएको नेपाल तामाङ घेदुङको बिषयलाई समेत छोटोमा समेटिएको यो चलचित्र हेर्ने अवधिभर दर्शकको ध्यान तान्न सफल चलचित्र बनेको छ नाना आङा ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्