17.1 C
Kathmandu

कला/ साहित्यचलचित्र नाना आङा भोली ठिक १० बजे बनेपाको शुभकामना हलमा प्रदर्शन हुने

चलचित्र नाना आङा भोली ठिक १० बजे बनेपाको शुभकामना हलमा प्रदर्शन हुने

काठमाडौ । पेमा लामा योञ्चजनको तामाङ भाषाको चलचित्र ”नाना आङा” भोली शनिबार बिहान ठिक १० बजे काभ्रेको बनेपास्थित शुभकामना हलमा प्रदर्शन हुने भएको छ । गत साता हेटौंडा स्थित ओम्याक्स हलमा पहिलो पटक प्रदर्शन गरिएको उक्त चलचित्र जिम्बा फिल्मस् प्रोडक्शनको १२ औं प्रस्तुती रहेको छ ।

असार ९ गते हेटौंडामा उत्साहजनक रुपमा दर्शकहरुको उपस्थिति र सकरात्मक प्रतिकृया समेत पाएको तामाङ भाषाको चलचित्र नाना आङा विशुुद्ध सामाजिक, पारिवारीक तथा माया प्रेमसंग सम्बन्धित रहेको निर्माण पक्षले बताएको छ । यद्यपि उक्त चलचित्रमा समावेश गरिएका केही गीतका भिडियोहरु भने यस अघि नै सार्वजनिक गरिसकेका छन् । गत महिना काठमाडौं स्थित नेपाल चलचित्र विकास वोर्डमा पत्रकार सम्मेलन मार्फत चलचित्रको ट्रिजर संगै तिन ओटा गीतको भिडियो एकै साथ सार्वजनिक गरेका थिए । चलचित्रका निर्माता पेमा लामा योञ्जनका अनुसार यस अघि ”हाल्से सोजी चु माया”लाई काभ्रेली दर्शकहरुले दिएको अथाह मायाको कारण नै हेटौंडा पछि एकै चोटी काभ्रेको बनेपामा प्रदर्शनको तयारी गरेका बताए । उनका अनुसार काभ्रेली दर्शकहरुले तामाङ चलचित्रलाई नजिकबाट बुझेका छन् । अत्यन्तै माया गर्नुहुन्छ त्यसैको हौसला स्वरुप काभ्रेमै प्रदर्शन गर्न लागेका हुन् ।

यत्ता चलचित्रका निर्देश्कद्धय निमा लामा तामाङ भने पेमा लामा योञ्जनकै अर्को चलचित्र ”मायाला घ्रान”को धमाधम शुटिङमा व्यस्त रहेका छन् । उनी अहिले शुटिङ युनिट सहित सिन्धुलिमा रहेका छन् । चलचित्रका नायक जय स्याङ्तान, निर्माता पेमा लामा योञ्जन, नायीका करिशा वाईबा र कल्पना वाईबा भने संचारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालहरुमार्फत चलचित्रको तिव्र गतिमा प्रचार प्रसारमा जुटिरहेको देखिन्छन् । चलचित्रका अर्का नायक सिताराम गोले भने हेटौंडामै बसेर सामाजिक संजालमार्फत प्रचार गरिरहेका छन् । पहिलो पटक तामाङ भाषाको चलचित्र हाल्से सोजी चु माया निर्माण गरेका पेमा लामा योञ्जनले निर्देशक निमा लामा तामाङसंग बनाएको यो उनको दोस्रो चलचित्र हो । हाल्से सोजी चु माया उपत्यका लगायत उपत्यका बाहिरका विभिन्न ठाउँहरुमा सफल प्रदर्शन गरिसकेपश्चात १ बर्षको अन्तराल पनि नहुंदै नाना आङाको प्रदर्शनमा जुटेका छन् ।

हेटौंडामा दर्शकहरुको उल्लासमय उपस्थिति र माया पाएको चलचित्र नाना आङालाई काभ्रेको बनेपामा दर्शकहरु कत्तिको आउलान भन्ने कुरा चाही भोली नै थाहा हुने भएको छ । जिम्बा फिल्मसको १२ औं प्रस्तुतिमा बनेको यस चलचित्रका निर्माता पेमा लामा योञ्जन रहेका छने भने निर्देशक निमा लामा तामाङ रहेको छ । चलचित्रको नायकमा भने जय स्याङ्तान र सिताराम गोले रहेका छन् । नायीकाहरुमा करिशा वाईबा, कल्पना वाईबा रहेका छन भने अन्य कलाकारहरुमा सुनलाल वाईबा, माया घलान, राज कुमार स्याङ्तान, पेमा लामा योञ्जन, सुदिप गोङ्बा च्याङ्बा, पुजा लामा, विष्णु वाइबा, समिर थिङ लगायतका कलाकारहरु रहेका छन् । चलचित्रको छायांकन सुर्य लामाले गरेका हुन् भने द्धन्द मिलन श्रेष्ठको रहेको छ । चलचित्रको कथा जय स्याङ्तानको रहेको छ भने पटकथा कृष्ण लामाको रहेको छ । चलचित्रमा समावेस गरिएका गीतको शब्द लेखनमा निमा लामा तामाङ, अबिना गोलेको रहेका छन् । निर्देश्कद्धय निमा लामा तामाङ्कै संगीतमा बनेको उक्त चलचित्रमा गायक तथा गायीकाहरुमा बिशाल काल्तान, जीतु लोप्चन, शुभ तामाङ, निर्मला घिसिङ, शशीकला मोक्तान रहेका छन् ।

भोली अर्थात असार ३० गते शनिबार काभ्रेको बनेपामा प्रदर्शन पश्चात काठमाडौं हुंदै सर्लाहीमा प्रदर्शनको तयारी रहेको चलचित्र निर्माण पक्षले बताएका छन् । यसै चलचित्रको सेरोफेरोमा सिंगो टिमसंग गरिएको संवाद हेर्नुहोस….

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्