23.1 C
Kathmandu

कला/ साहित्यजितु लोप्चनको 'डम्फुरे दाई': माया प्रेम, मनोरञ्जनका साथै समुदायको ऐना बन्ला ?

जितु लोप्चनको ‘डम्फुरे दाई’: माया प्रेम, मनोरञ्जनका साथै समुदायको ऐना बन्ला ?

काठमाडौ । गीत संगीत समाजको ऐना हो । तर आजकल कलाकारहरुले गीत संगीतलाई समाज रुपान्तरणका रुपमा नलिई अर्थ आर्जनलाई मात्र पहिलो प्राथमिकतामा राख्दा नेपाली समाज उच्छृंखल, उत्ताउलो, अराजक, अनि भड्किलोतर्फ उन्मुख हुँदै गएको भान पर्न थालेको छ । यद्यपि सबै कलाकारहरु त्यस्ता छैनन् ।

पछिल्लो समय इन्टरनेटको पुहँच र यसको व्यापकतासँगै गीत संगीतलाई दृश्यमा कैद गर्नु अर्थात भिडियो बनाउनु अनिबार्य जस्तै भैसकेको छ । झनै आजा भोली त म्युजिक भिडियोको अगाडि पछाडि संवाद जोडेर भिडियो लम्ब्याउनु त फेशन नै बनेको छ । यसरि म्युजिक भिडियोमा जोडिएका संवादले प्रायःमनोरञ्जन दिने, भिडियोको अर्थ वा कहानी बताउने, युट्युव बिज्ञापनको लागी स्थान दिने गर्दछ । तर जितु लोप्चनको हालै सार्वजनिक भएको सेलो गीत ‘डम्फुरे दाई’को भिडियोमा जोडिएको सम्वाद भने मनोरञ्जनका साथै समाजको ऐना बनेको छ ।

नेपाली तथा तामाङ गीत संगीतको बजारमा व्यवसायीक रुपमा स्थापित सफल गायीका हो जितु लोप्चन । विभिन्न पर्व, महोत्सव या अन्य सार्वजनिक/सांगीतिक कार्यक्रमहरुको स्टेजका साथै दैनिक रुपमा स्टुडियो रेकर्डिङमा व्यस्त गायीका जितु लोप्चनले आफ्नै लगानीमा म्युजिक भिडियो निर्माण गरेको छ । शुक्रवार आफ्नो जन्म दिनको अवसर पारेर सार्वजनिक गरिएको सेलो गीत ‘डम्फुरे दाई’ उनको आफ्नै लगानीमा बनेको भिडियो हो । गीतसंगीत/म्युजिक भिडियोले मनोरञ्जनका साथै समुदायलाई सन्देश दिन सकिन्छ भन्ने राम्रो उदाहरण बनेको छ जितु लोप्चनको ‘डम्फुरे दाई’ । शुक्रबार उनको आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोले माया प्रेमका कुरालाई कलात्मक ढंगले मनोरञ्जनको साथै डम्फु र टुङ्नासंग जोडिएको देखिन्छ । अझ म्युजिक भिडियोको अग्र भागमा जोडिएको छोटो संवाद र दृश्यले डम्फु के हो, यस्ले कस्ता खालका गीतहरु गाउंछन् भन्ने बिषयलाई छोटोमा प्रस्ट्याएको छ । तामाङ समुदायका कत्तिपयले डम्फु भन्ने बित्तिकै संस्कार, संस्कृति अथवा तामाङ ह्रिमठिमसंग सम्बन्धित गीतहरु मात्र गाउंछन् भन्ने भ्रम रहेको छ यद्यपि डम्फुको तालमा ख्यालठट्टा र माया प्रेमका गीतहरु पनि गाउन सकिन्छ भन्ने सन्देश समेत यो भिडियोले दिन खोजेको छ ।

काभ्रे पलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं.५ मा जन्मेका जितु लोप्चनले सन् २०१२ देखि गीत गाउन शुरु गरेका थिए । हाल सम्म उनको आवाजमा दुई सय वटा भन्दा बढि गीत रेकर्ड भैसकेको छ । तामाङ गीतसंगीतको बजारमा निक्कै नै हिट गीतहरु गाउन सफल गायीका जितु लोप्चन समुदायमा अत्याधिक मात्रामा रुचाइएका गायीका हुन् । हिजो सार्वजनिक गरिएको ‘‘डम्फुरे दाई’को निर्माता समेत रहेको लोप्चनले उक्त गीत आफैले गाएका हुन् । ‘डम्फुरे दाई’संग जोडिएर माया प्रेमका भाषाले ओतपोत भएका शब्द रचना गरेका हुन् चर्चित गायक तथा संगीतकार बिशाल काल्तानले । यस गीतमा काल्तान आफ्नै संगीत रहेको छ । गीतको एरेन्ज फनिन्द्र राईले गरेका हुन् भने मिक्सिङ दिपेश प्रधानले गरेका हुन् ।

भिडियो तर्फ हेरुका लामाको निर्देशन तथा कोरियोग्राफिमा निर्देशकद्धय हेरुका लामा, नायीका सुश्मा मोक्तान, कुईसाङ रुम्बा र अनिता नेगिको समेत अभिनय रहेको छ । भिडियोको छायांकन त्रिलोक लामाले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन सुर्य लामाले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस…

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्