28.1 C
Kathmandu

कला/ साहित्यजितु लोप्चनको ''डम्फुरे दाई'' डम्फु बजाउँदै भोलि आउने

जितु लोप्चनको ”डम्फुरे दाई” डम्फु बजाउँदै भोलि आउने

काठमाडौं । चर्चित गायीका जितु लोप्चनको नयाँ सेलो गीत ”डम्फुरे दाई” भोलि सार्वजनिक हुने भएको छ । छायांकन सम्पन्न पस्चात सम्पादन तथा पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको उक्त गीतको भिडियो शुक्रबार जितु लोप्चन अफिसियल मार्फत सार्वजनिक गर्ने तयारी रहेको गायीका जीतु लोप्चनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छन् ।

गीतसंगीतको बजारमा पछिल्ला समय फरक फरक गीतका भिडियोहरु दिनानुदिन जस्तै सार्वजनिक हुने क्रम रहेको छ । यसै क्रममा चर्चित गायीका जितु लोप्चनले आफ्नै आवाज रहेको एकल सेलो गीतको भिडियो सार्वजनिक गर्ने भएको छ । गीतसंगीतको बजार केही समय यत्ता प्रेममय बनिरहेको बेलामा जितु लोप्चनले भने तामाङ समुदायको इतिहास, संस्कार, संस्कृति संग जोडिएको बाध्यवादन डम्फुसंग सम्बन्धित भिडियो सार्वजनिक गर्न लागेको पोष्टरमार्फत प्रस्ट बुझिन्छ । यद्यपि डम्फुको भाकामा संस्कार, संस्कृतिसंग सम्बन्धित गीत मात्र नभएर माया प्रेम र ख्यालठट्टाका गीतहरु समेत गाउने गर्दछन् । शुक्रबार सार्वजनिक गर्ने तयारी रहेको उक्त गीत कस्तो खालको गीत रहेको छ भनि थाहा पाउनका लागि भने शुक्रबार जितु लोप्चन अफिसियल युट्युव च्यानलमा हेर्नुपर्नेछ ।

चर्चित गायक तथा संगीतकार बिशाल काल्तानको शब्द संगीत रहेको ”डम्फुरे दाई” बोलको गीतमा आवाज जितु लोप्चनको रहेको छ । गीतको एरेन्ज फनिन्द्र राईले गरेका हुन् भने मिक्सिङ दिपेश प्रधानले गरेका हुन् । हेरुका लामाले निर्देशन गरेको उक्त गीतको भिडियोमा निर्देशकद्धय हेरुका लामा र नायीका सुश्मा मोक्तानको अभिनय रहेको छ । बुधबार गायीका जितु लोप्चनले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोको पोष्टरमा देखिए अनुसार हाँस्य कलाकार कुईसाङ् रुम्बा रअनिता नेगिलाई समेत भिडियोमा देख्न सकिनेछ ।

भिडियोको छायांकन त्रिलोक लामाले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन सुर्य लामाले गरेका हुन् । भिडियोको लागि पोशाक व्यवस्थापन तथा डिजाइन क्लोथिङ इन नेपाल र आन्भि प्रोडक्शनले गरेका हुन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्