18.1 C
Kathmandu

कला/ साहित्यनेपाली चलचित्र ‘टुल्की’ जेष्ठ १२ गतेदेखि देशभर प्रदर्शन हुने

नेपाली चलचित्र ‘टुल्की’ जेष्ठ १२ गतेदेखि देशभर प्रदर्शन हुने

काठमाडौ । शेखर लामाको नेपाली चलचित्र ‘टुल्की’ यहि जेष्ठ १२ गतेदेखि देशव्यापी रुपमा प्रदर्शनको तयारी रहेको छ ।

शेखर लामाको प्रस्तुति रहेको उक्त चलचित्रमा निर्देशन देव जंग थापाको रहेको छ भने महेश सुब्बाको सह–निर्देशन रहेको छ । चलचित्रमा अभिनय शिशिर बंगदेल, स्वस्तिमा कार्की, सोम लामा, हिमाली हमाल, रत्न प्रसाद न्यौपाने, शेखर लामा, लक्ष्मि देवकोटा, भक्त सिं कथायत, नरेन तामाङ, सोफिया लिम्बु, सौजन सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको कथाकार लक्ष्मण सुनार रहेको छ ।

चलचित्रको प्रोडुसर आर.पि.कर्मचार्य र शेखर लामा रहेका छन् भने सह प्रडुसर सन्जय पाल्जर लामा र रोशिस कर्मचार्य रहेका छन् । चलचित्रको सम्पादकमा तारा किम्भे थापा रहेको छ । त्यसै गरी चलचित्रको ब्यकराउण्ड म्युजिक सन्जीव सुब्बाको रहेको छ भने अडियो मिक्सिङ दिप तुलाधारको रहेको छ ।

यही जेष्ठ १२ गतेदेखि देशव्यापी रुपमा प्रदर्शन हुने उक्त चलचित्रमा कल्पना बाहिरको संस्कार बोक्ने कथा रहेको छ । घरमा ४ जना श्रीमान हुंदा हुंदै एक महिला श्रीमान छोडेर अर्कै संग लागेको दृश्य र कथा केही दिन अघि मात्रै सार्वजनिक गरिएको टिजरमा उल्लेख गरिएको देखिन्छ । यद्यपि चलचित्र कस्तो रहेको छ भनि थाहा पाउनको लागि भने हलमा पुगेर पूर्ण रुपमा चलचित्र हेर्नुपर्नेछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्