28.1 C
Kathmandu

कला/ साहित्ययथार्थ जीवन कहानीमा आधारित गीत 'जेठिला माया आम्लोङ ताजी' सार्वजनिक

यथार्थ जीवन कहानीमा आधारित गीत ‘जेठिला माया आम्लोङ ताजी’ सार्वजनिक

काठमाडौ । ठट्यौली तर यथार्थ जीवन कहानीमा आधारित तामाङ सेलो गीत ‘जेठिला माया आम्लोङ ताजी’ भिडियो सहित सार्वजनिक भएको छ । मंगलबार पत्रकार सम्मेलन गरि रिपु योञ्जन अफिसियल युट्युव च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

जोरपाटी स्थित ‘द स्हेनोर हाउस’मा सम्पन्न पत्रकार सम्मेलन तथा ‘जेठिला माया आम्लोङ ताजी’को भिडियो सार्वजनिक कार्यक्रमका अध्यक्षता तामाङ चलचित्रका महानायक अमिर दोङले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि नेपाल तामाङ कलाकार संघका अध्यक्ष एवम् गायक तथा संगीतकार विश्व दोङ रहेका थिए । त्यसै गरि अतिथिहरुमा नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकका अध्यक्ष थुप्तेन ग्याल्बो मोक्तान, नायिका एवम् मिस तामाङका सि.इ.ओ.रन्जिता ब्लोन, महिला बालबालिका तथा बैदेशिक रोजगार उद्धार नेपालका जनसम्पर्क विभाग प्रमुख फुर्बादोर्जे मोक्तान, नेपाल तामाङ पत्रकार संघका केन्द्रिय सदस्य मिलन कुमार लामा, राष्ट्रिय तामाङ कलाकार संघका महासचिव एवम् गायक तथा संगीतकार सानुबाबु घिसिङ लगायत अन्य थुप्रै कलाकार, गीतसंगीत प्रेमी महानुभावहरुका साथै विभिन्न व्यवसायी तथा राजनैतिक व्यक्तित्वहरुको समेत उपस्थिति रहेका थिए ।

मंगलबार सार्वजनिक गरिएको उक्त गीतको शब्द रचनाकार बिर बा.गोङ्बो रहेको छ भने संगीत सिजन थिङको रहेको छ । गीतमा स्वर संगीतकारद्धय सिजन थिङको साथमा जितु लोप्चानको रहेको छ । अडियो एरेन्ज र मिक्सिङ भने अर्पण थिङले गरेका हुन् । गीतको भिडियो तर्फ अमिर दोङको निर्देशन तथा हेरुका लामा बलको कोरियोग्राफी रहेको छ । भिडियोको मुख्य भुमिकामा तामाङ चलचित्रका महानायक अमिर दोङको साथमा नव मोडल अम्बालिका तामाङ रहेका छन् । अतिथि कलाकारहरुमा हाँस्यकलाकार कुईसाङ रुम्बा, नायीका कृष्मा वाईबा, लुप्सि तामाङ जिवन बाईबा र छेडुप तामाङ रहेका छन् । भिडियोको छायांकन, दृश्य सम्पादन, रंग संयोजन र ड्रोन अपरेटरको भुमिकामा त्रिलोक लामा रहेका छन् भने मेकअप आर्टिस्ट रेशम लामा रहेका छन् ।

गायक तथा संगीतकार सिजन थिङले ‘जेठिला माया आम्लोङ ताजी’ गीतको शिर्षक हेर्दा र गीत सुन्दा ठट्यौली पाराको रहेपनि वास्तबमा यो गीत वास्तबिक जीवन कहानीमा आधारित कथाबस्तुमा बनेको बताए ।

भिडियो हेर्नुहोस…

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्