18.1 C
Kathmandu

कला/ साहित्यचलचित्र 'नाना आङा'को टिजर, गीत र 'तिङ्ला नाङ्साल' एकै साथ प्रदर्शन गर्ने...

चलचित्र ‘नाना आङा’को टिजर, गीत र ‘तिङ्ला नाङ्साल’ एकै साथ प्रदर्शन गर्ने तयारी

काठमाडौ जिम्बा फिल्मस्को ब्यानरमा निर्माण गरिएको तामाङ भाषाको चलचित्र ‘नाना आङा’ छिट्टै नै प्रदर्शन गर्ने तयारी रहेको छ । यद्यपि उक्त चलचित्रमा समाबेस गरिएको गीतहरु मध्य ३ वटा गीत भने सार्वजनिक गर्ने तयारी रहेको छ । नाना आङाको आधिकारीक टिजर, ३ वटा गीत सार्वजनिक र चलचित्र ‘तिङ्ला नाङसाल’को विशेष प्रदर्शन समेत एकै साथ गर्ने तयारी रहेको जिम्बा फिल्मस्का सञ्चालक एवम् चलचित्रका निर्देशक निमा लामा तामाङले बताए ।

यहि जेठ ६ गते शनिबारका दिन ठिक ११ बजे उक्त चलचित्रको टिजर, गीतहरुको बिमोचन तथा ‘तिङला नाङ्साल’को विशेष प्रदर्शन गर्ने मिति तय भएको चलचित्रका निर्माता पेमा लामा योञ्जनले बताए । उनका अनुसार चलचित्र ‘नाना आङा’को छायांकन सम्पन्न भएर अहिले दृश्य सम्पादन, रंग संयोजन, डबिङ, मिक्सिङ र पोस्ट प्रोडक्सनको कामहरु धमाधम भैरहेको र छिट्टै नै चलचित्र प्रदर्शन मिति समेत तय गर्नेछन् । उक्त चलचित्र भित्र समाबेस गरिएका ३ वटा गीतको भने अडियो र भिडियोसंग सम्बन्धित सम्पूर्ण काम सकिसकेको हँदा जेठ छ गते सार्वजनिक गर्ने तयारी रहेको समेत उनले बताए ।


बार्षिक रुपमा विभिन्न खालका तामाङ भाषा/तामाङ कथानक चलचित्रहरु निर्माण गर्दै आएको जिम्बा फिल्मस् प्रा.लि.ले पछिल्ला समय एक पछि अर्को गर्दै नयाँ नयाँ चलचित्रहरु निर्माण गर्दे आएका छन् । यसै क्रममा गत भाद्र २५ गते मात्रै काठमाडौं स्थित नेपाल चलचित्र विकास बोर्डमा तामाङ भाषाको चलचित्र ‘हाल्से सोजी चु माया’ विशेष प्रदर्शन गरेका थिए । त्यस पछि उक्त चलचित्र उपत्यका र उपत्ययका बाहिर विभिन्न ठाउँहरुमा सफल प्रदर्शन भए पश्चात तत्काल रुपमा जिम्बा फिल्मस्ले तामाङ भाषाकै चलचित्र ‘नाना आङा’ निर्माण गरेका हुन् । नाना आङको पोस्ट प्रोडक्सनका कार्य अन्तिम चरणमा आउँदा फेरि अर्को चलचित्र ‘मायाला घ्रान’को छायांकनका लागि शुभ मुहूरत मिति समेत तय गरिसकेको चलचित्रका निर्माता पेमा लामा योञ्जनले बताए ।


हाल पोस्ट प्रोडक्सनको क्रममा रहेको चलचित्र नाना आङा भने पारिवारीक प्रेम कहानी र सामाजीक कथावस्तुहरुलाई समेटेर बनाएको निर्देशक निमा लामा तामाङले बताए । उनका अनुसार यस अघिको चलचित्रहरुमा भएका कमिकम्जोरीहरुलाई आफैले गहन रुपमा अध्ययन गरि ती चलचित्रभन्दा धेरै पृथक तवरले ‘नाना आङा’को निर्माण गरिएको बताए ।

जेठ ६ गते सार्वजनिक गर्ने तयारी रहेको चलचित्र नाना आङाको गीतहरुमा क्रमशः टाइटल गीत नाना आङा, माया प्रेम संग सम्बन्धित गीत जत्ति गल्ति तसै नोन र मायाला रङ रहेको छ । टाइटल गीत नाना आङाको शब्द रचनकार नायीका अबिना गोले रहेका छन् भने बाँकी सबै गीतको शब्द/संगीत निर्देशकद्धय निमा लामा तामाङकै रहेको छ । गीतमा स्वर भने, बिशाल काल्तान, जितु लोप्चान, सशिकला मोक्तान र निर्मला घिसिङको रहेको छ ।


सोही दिन प्रदर्शन गरिने चलचित्र तिङ्ला नाङ्सालको निर्माता संजु बोम्जन र मिन कुमार वाइबा रहेका छन् भने निर्देशन निमा लामा तामाङको रहेको छ । उक्त चलचित्रमा नायक कृष्ण लामा, सुशन वाईबा, नायीकाहरु अबिना गोले, कृश्मा वाईबा, कलाकारहरुमा अनिता बोम्जन, बिनिता थिङ, सोनु रुम्बा, सुनलाल वाईबा, कान्छामान वाईबा लगायत अन्य कलाकारहरुको अभिनय हेर्न सकिनेछ ।

त्यसै गरि टिजर र भिडियो सार्वजनिक गर्ने तयारी रहेको चलचत्रि नाना आङाको निर्माता पेमा लामा योञ्जन र सह निर्मातामा मिन कुमार वाईबा रहेका छन् भने निर्देशन निमा लामा तामाङकै रहेको छ । त्यसै गरि नायक जय स्याङ्तान, सिताराम गोले, नायीकाहरु कल्पना वाईबा, करिसा वाईबा, कलाकारहरुमा माया घलान, सुनलाल वाईबा, राजन कुमार स्याङ्तान्, पेमा लामा योञ्जन, सुदिप कोब्रा, गोङ्बा च्याङ्बा, पुजा लामा, सुनिल लोप्चन, जगत मोक्तान, सानु गोले, निर्मला पाख्रिन लगायतका कलाकारहरु रहेका छन् ।

तत्काल ‘मायाला घ्रान’ नामक तामाङ चलचत्रिको छायांकन गर्ने तयारी रहेको निर्माताद्वय पेमा लामा योन्जन र कुमार मोक्तानले बताएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्