22.1 C
Kathmandu

कला/ साहित्यघिसिङ आले खोज्दै भुग्देउबाट घट्टे खोला किन पुगे तरुनिहरु ???

घिसिङ आले खोज्दै भुग्देउबाट घट्टे खोला किन पुगे तरुनिहरु ???

काठमाडौ । चर्चित घिसिङ आले खोज्दै काभ्रेको गोल गाउँ भुग्देउबाट तरुनिहरु घट्टे खोला पुगेका छन । तर यो घट्ना यथार्थमा नभै एउटा तामाङ गीतको भिडियोमा देखिएको दृश्य हो ।  

गत साता जिग्मे मिडियाबाट सार्वजनिक गरिएको मारमार ब्योङ्बा बोलको तामाङ गीतको भिडियोको सुरुवात रोचक ढंगले गरेको देखिन्छ । भिडियोको मोडल सिता पङ्चथेन काभ्रेको भुग्देउ गोल गाउँ देखी घिसिङ आले खोज्दै घट्टे खोला ताङ क्युबा गाङ् पुगेको दृश्य रोचक ढंगले प्रस्तुत मात्रै गरेनन काभ्रेको ति गाउँ ठाउँको नाम समेत प्रचार गरेको देखिन्छ ।  

उक्त गीतको शब्द रचनाकार गोर्खा घिसिङ रहेको छ भने संगीत सानुबाबु घिसिङ्को रहेको छ ।तामाङ गीत संगीतको बजारमा निक्कै हिट गीतहरु दिएका चर्चित गायक तथा संगीतकार सनुबाबु घिसिङ र चर्चित गायिका जितु लोप्चानको सुमधुर आवाज रहेको उक्त गीतको मिक्सिङ/ एरेन्ज संगीतकारद्वय  घिसिङकै रहेको छ ।  

भिडियो तर्फ भने बिजय लामाको निर्देशमा सिता पङ्चथेनको साथमा बिजय लामाको अभिनय रहेको छ ।  सगुन तामाङले  छायाङ्कन  गरेको भिडियोको सम्पादन भने पोखरेली कान्छाले गरेका हुन ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्