30.1 C
Kathmandu

कला/ साहित्यतामाङ सेलो गीत 'उभो त शैलुङ मेलैमा' बजारमा (भिडियो सहित)

तामाङ सेलो गीत ‘उभो त शैलुङ मेलैमा’ बजारमा (भिडियो सहित)

काठमाडौं । तामाङ सेलो गीत ‘उभो त शैलुङ मेलैमा’ भिडियो सहित बजारमा आएको छ । सेलो गीतसंगीतको आकाशमा फरक फरक स्वादको म्युजिक भिडियोहरु दिनानुदिन जस्तै सार्वजनिक हुने क्रममा को म्हेन्दो मिडिया हाउसको प्रस्तुतिमा पुर्णिमा ब्लोन तामाङको ‘उभो त शैलुङ मेलैमा’ सार्वजनिक गरिएको हो ।

शुक्रबार को म्हेन्दो मिडया हाउस नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको शब्द, संगीत र एरेन्ज शुक्र दोङ तामाङको रहेको छ भने स्वर पुर्णिमा ब्लोन तामाङको रहेको छ । बालकृष्ण सेवाचार्यले मिक्सिङ गरेको अडियो ल्हास्सो म्युजिक स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको भिडियो तर्फ भने सुनिल मोक्तानको निर्देशनमा राजिब गोले र कुमारी तामाङको नृत्य तथा अभिनय देख्न सकिनेछ । कोरस नृत्यमा शुसिला मोक्तान, आशिका तामाङ, रिया घिसिङ, शान्ति लामा र प्रकृति श्रेष्ठ रहेका छन् । केशब अधिकारीले छायांकन गरेको उक्त गीतको भिडियो भने निर्देशकद्धय सुनिल मोक्तानले सम्पादन गरेका हुन् ।

मोडल कुमारी तामाङले यस अघि दुई वटा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने संख्याको हिसाबले उनको यो तेस्रो भिडियो रहेको छ ।

भिडियो हेर्नुहोस….

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्