23.1 C
Kathmandu

कला/ साहित्ययुद्ध लामा ब्लोनको 'तामाङ पारासे' भिडियो सहित सार्वजनिक

युद्ध लामा ब्लोनको ‘तामाङ पारासे’ भिडियो सहित सार्वजनिक

काठमाडौ । म्युजिक भिडियो निर्देशक तथा मोडल युद्ध लामा ब्लोनको ‘तामाङ पारासे’ भिडियो सहित सार्वजनिक भएको छ । बुद्धलिङ मिडियाको प्रस्तुतिमा शनिबार तामाङ पारासे सार्वजनिक गरेका हुन् ।

गीतसंगीतको बजारमा म्युजिक भिडियो निर्देशन तथा मोडलिङ गर्दै आएका युद्ध लामा ब्लोनले यस पटक आफ्नै आवाजमा गीत रेकर्ड गरेका छन् । यद्यपि लामाले यस अघि पनि आफ्ना आवाजमा गीत रेकर्ड गरिसकेका थिए । Buddhaling Media Production Youtube Channel मार्फत शनिबार सार्वजनिक गरिएको तामाङ पारासे बोलको गीतमा आस्मान लोप्चानको शब्द रहेको छ भने चर्चित गायक तथा संगीतकार बिशाल काल्तानको संगीत रहेको छ । स्वरमा भने युद्ध लामा ब्लोनलाई चर्चित गायिका जितु लोप्चानले साथ दिएका छन् । अडियोको मिक्सिङ र एरेन्ज कर्साङ लामाले गरेका हुन् ।

भिडियो तर्फ भने सियोन श्रेष्ठको निर्देशनमा युद्ध लामा ब्लोनको साथमा डोमा लामाको आकर्शक नृत्य हेर्न सकिने छ । चक्र बहादुर बरालले छायांकन गरिएको भिडियोको सम्पादन भने टेकेन्द्र साहले गरेका हुन् ।

खेल जगतमा समेत अब्बल रहेका ब्लोन म्युजिक भिडियो निर्देशन, कोरियोग्राफि तथा मोडलिङमा मात्र नभएर गायनमा समेत उत्तिकै क्षेमता रहेको ‘तामाङ पारासे’ बाट साबित भएको छ । यद्यपि उनलाई मोडलिङमा या गायनमा बढि रुचाइएला त ? दर्शक श्रोताले भन्ने चासोको बिषय बनेको छ । यत्ति मात्र नभएर उनले गायन बिधामा निरन्तरता दिन्छ कि दिदैन ? भन्ने जिज्ञासा समेत दर्शक दिर्घमा पक्कै उब्जेको हुन सक्नेछ ।

भिडियो हेर्नुहोस…

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्