18.1 C
Kathmandu

समाचारराष्ट्रिय तामाङ घेदुङद्वारा आयोजित डुकाउ महोत्सवको पूर्वमन्त्री रेशम लामाले गरे उद्घाटन

राष्ट्रिय तामाङ घेदुङद्वारा आयोजित डुकाउ महोत्सवको पूर्वमन्त्री रेशम लामाले गरे उद्घाटन

कठमाडौ । काठमाडौ स्थित लभ डाँडाको नामले परिचित खुल्ला  चौरमा राष्ट्रिय तामाङ घेदुङ्ले डुकाउ पर्यटन कृषि तथा सांस्कृतिक महोत्सव-२०८० को आयोजना गरेको छ । पन्ध्र दिन सम्म सन्चालन हुने उक्त महोत्सवको उद्घाटन शुक्रवार पूर्वमन्त्री रेशम लामाले गरेका थिए ।  

नेकपा एमालेका केन्द्रिय सदस्य समेत  रहेका पूर्वमन्त्री तथा संबिधान सभा सदस्य रेशम लामाको प्रमुख आतिथ्यतामा सम्पन्न पहिलो दिनको औपचारिक उद्घाटन कार्यक्रममा विशेष अतिथिको रुपमा कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, पशुपति बिकास क्षेत्रका कार्यकारी निर्द्शक डा.घनश्याम खतिवडा रहेका थिए भने अतिथिहरुमा नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ, तामाङ चलचित्र संघका उपाध्यक्ष भुइसल लामा लगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरुका साथै राजनीतिक व्यक्तित्वहरु समेत रहेका थिए ।  

राष्ट्रिय तामाङ घेदुङले निर्माण गरेको सांस्कृतिक भवन सम्पन्न गर्नको निमित्त आर्थिक सहयोगार्थको साथै कृषि र पर्यटनको समेत प्रवर्धन गर्ने महोत्सवको उदेश्य रहेको संस्थाको महासचिव प्रविण कुमार बलले बताए । उनका अनुसार शुक्रवार उद्घटन गरिएको महोत्सव जेठ १५ गते सम्म सन्चालन हुनेछ ।  

पूर्वमन्त्री रेशम लामाले २०७२ सालमा स्थानिय बिकास मन्त्री हुँदा केही बजेटको व्यबस्था गरेपस्चात संघले उक्त भवन निर्माणको थालनि गरेको पूर्वमन्त्री रेशम लामाले बताए । धेरै दु:खको वाबजुत निर्माण आरम्भ गरेको उक्त भवन अहिले अन्तिम चरणमा रहेको हुँदा देश विदेशमा छरिएर रहेका तामाङहरुले आर्थिक सहयोग गरी भवन निर्माण सम्पन्न गर्न गराउन अपिल गरेका थिए । अन्य विभिन्न जातजातिको आ-आफ्नै संस्कृतिक भवनहरु रहेको छ । अब तामाङहरुको पनि त्यस्ता भवनहरु बन्नु पर्दछ । उनले थपे ।  

राष्ट्रिय तामाङ घेदुङले बुढानिलकण्ठ नगरपालिका-२ स्थित चपली हाइटमा भवन निर्माण गर्ने क्रममा रहेको छ । भवन निर्माण अन्तिम चरणमा रहेको छ भने हाल सम्मको लागत अन्दाजी सत्तरी लाख जत्ती रहेको छ ।  उक्त भवन निर्माण सम्पन्न गर्नका लागी आर्थिक सहयोगार्थका लागि महोत्सवको आयोजना गरिएको संघले बताए ।  

महोत्सव परिसर भित्र बाल उध्यन, विभिन्न परिकारका खाना, लत्ता कपडा लगायतका स्टलहरु राखिएका छन । हिजो बाट शुरु भएको उक्त महोत्सवमा आज देखी ख्याती प्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुतिहरु रहनेछन । आज शनिबार भने चर्चित गायिका एलिना चौहान, मानसराज, हस्यकलाकार राजन चौलागाइ लगायत दर्जनौ कलाकारहरुले आफ्ना प्रस्तुतिहरु मार्फत महोत्सव अवलोकन गर्न आउनेहरुलाई भरपुर मनोरन्जन दिने आयोजकले जानकारी दिएका छन ।  

उपत्यका भित्र विभिन्न पेशा तथा व्यबसाय गर्दै आएका तामाङ एवम गैह्र तामाङहरु सम्पूर्णलाई महोत्सवमा उपस्थित हुनका लागी संघका अध्यक्ष वीर बहादुर योन्जनले अनुरोध गरेका छन ।  

घेदुङले निर्माण गरेको उक्त भवनका लागी डिके बुद्धिस्टले जग्गा दान गरेका हुन ।  

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्