29.1 C
Kathmandu

कला/ साहित्यबिर ब.तामाङ गोङ्बोको ‘जेठिला माया आम्लोङ ताजी’ (म्युजिक भिडियो) छायांकन सम्पन्न

बिर ब.तामाङ गोङ्बोको ‘जेठिला माया आम्लोङ ताजी’ (म्युजिक भिडियो) छायांकन सम्पन्न

बिर ब.तामाङ गोङ्बोको ‘जेठिला माया आम्लोङ ताजी’ गीतको (म्युजिक भिडियो) भरखरै  छायांकन सम्पन्न भएको छ । 

पारिवारिक यथार्थ कहानिमा बनेको उक्त गीतमा निक्कै ठट्यौली पाराले जुहरिको रुपमा शब्द रचना गरिएको छ । परिवारभित्र  भएको दोस्रो बिवाहा र त्यसपछिको अवस्थालाई समेत उजागर गरेर शब्दहरु रचिएका छन् र ती शब्दहरुमा उत्तीकै मीठो तवरले संगीत भरीएको छ । यस गीतको गीतकार बिर ब.तामाङ गोङ्बो हुन् भने संगीतकार रिजन थिङ हुन् । गीतमा रिजन थिङ स्वयम र चर्चित  गायिका जितु लोप्चानको स्वर रहेको छ भने मिक्सिङ/एरेन्ज अर्पनले थिङले गरेका छन् ।

अहिले यस गीतको भिडीयो छायाङ्कन पस्चात सम्पादन र पोस्ट प्रोडक्सनको काम धमाधम भइरहेको छ । भिडियोमा निर्देशन तामाङ चलचित्रका महानायक अमिर दोङको  रहेको छ भने कोरियोग्राफर हेरुका लामा बल रहेको छ । भिडियो छायाङ्कन तथा ड्रोन अपरेटरको भूमिकामा भने त्रिलोक लामा रहेको छ ।

भिडियोको मुख्य भूमिकामा अमिर दोङ र अम्बालिका तामाङलाई देख्न सकिनेछ । अतिथी कलाकारहरुमा हांस्या कलाकार कुइसाङ रुम्बा, लुक्सी तमाङ, नायिका तथा मोडल क्रिश्मा वाइबा र छेडुप दोङलाई देख्न सकिनेछ । 

गायक तथा संगीतकारद्वय रिजन थिङले यस अघि आङिला जामे, म्हाबर ल्हा, तिगा ताबा धर्सेला छामे कोला, फा म्हाईसि म्योदामजिम, क्युङ्बा कालाङ्सि, म्हेन्दो धोसि टिउ ए माया, ति धिङ ङ्हि धिङ, सुन चुरा, ज्योन गाउले ल्होछार गीत, क्राचम थैकट लगायत तिन दर्जन भन्दा धेरै गीतहरु बजारमा ल्याइसकेका छन ।  

भरखरै छायाङ्कन सम्पन्न भएको जेठिला माया आम्लोङ ताजी भिडोयो निर्माणका प्रोड्युसर भने बिर ब.तामाङ गोङ्बो र रिपु योन्जन रहेका छन । भिडियोको मेकअप आर्टिस्ट रेशम लामा रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्