28.1 C
Kathmandu

कला/ साहित्यगायिका पुजा तामाङ अभिनित तामाङ सेलो गीत “पाल्मो” सार्वजनिक (भिडियो सहित )

गायिका पुजा तामाङ अभिनित तामाङ सेलो गीत “पाल्मो” सार्वजनिक (भिडियो सहित )


काठमाडौं । पछिल्लो समय गीतसंगीतको आकाशमा गायक गायीकाहरु आफै म्युजिक भिडियोमा देख्ने गरेका छन् । यसै क्रममा गायिका पुजा तामाङले पनि म्युजिक भिडियोमा आफै अभिनय गरेका छन् । उनै अभिनित गीत पाल्मो बजारममा भिडियो सहित सार्वजनिक भएको छ ।

शुक्रबार पुजा तामाङ अफिसियल youtube channel मार्फत सार्वजनिक गरिएको उक्त गीतमा गायिका पुजा तामाङको अभिनय मात्र नभएर आफ्नै सुमधुर आवाज रहेको छ । सुशिल तामाङको शब्द संगीत रहेको उक्त गीतको अडियो एरेन्ज जोगलाल लामाको रहेको छ भने मिक्सिङ दिपेश प्रधानको रहेको छ । गीतको भिडियो तर्फ भने चर्चित निर्देशक अजय स्याङतानले निर्देशन तथा कोरियोग्राफीमा गायिका स्वयम्को साथमा नायक तथा मोडल इश्वर तामाङले अभिनय गरेको छ। भिडियोको सहायक कोरियोग्राफर नरेन मोक्तान रहेका छन् भने छायांकन बिक्रम लामा मेक्तानले गरेका छन् ।

चैत बैशाख ह्रि खार्ला, ङा जामे पाल्मो शिखरला, रिबन खिसी क्रा पेला, नाम्सा क्योनला ङा जेबा, पाल्मो–पाल्मो ङा पाल्मो, आमाला तिङला ढुकढक्की ङा,आपाला मिला ङ्याल्मो ङा लगायत दर्जनौं गीतहरुमा आफ्नो आवाज दिइसकेकी गायिक पुजा तामाङले पहिलो पटक अभिनय गरेको गीत हो पाल्मो ।

भिडियो हेर्नुहोस….

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्