18.1 C
Kathmandu

समाचारसरकारको आयुमाथि माओवादी भित्रै प्रश्न, सरकार कहिलेसम्म टिक्छ ?

सरकारको आयुमाथि माओवादी भित्रै प्रश्न, सरकार कहिलेसम्म टिक्छ ?

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरिरहेको बर्तमान सरकार माथि माओवादी भित्रै सरकारको आयु कहिले सम्म भन्ने प्रश्न खडा भएको छ । नेकपा एमालेको मुख्य सहयोगमा २०७९ पौष १० गते प्रधानमन्त्री बनेका प्रचण्डले छोटो समयमा नै सत्ता सहयात्री बदले । एमालेका ठाउँमा नेपाली कांग्रेस मुख्य सहयात्री बन्यो । प्रचण्ड अहिले १० दल मिलाएर सरकार चलाइरहेका छन् ।

एक अनलाइनमा केही दिनअघि माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले सरकारको निरन्तरतालाई लिएर गरिएका आशंकाबारे एक विश्लेषणात्मक लेख नै लेखेका थिए । उनको लेखमा ‘सरकारको आयु तथा मध्यावधि निर्वाचन बारे बहस सुरु भइसकेको उल्लेख गरिएको छ । त्यसमा उनले दुई कारणले सरकार परिवर्तन हुनसक्ने चर्चा गरेका छन् ।

पहिलो, आन्तरिक कारण सत्ता घटकहरूबाटै समर्थन फिर्ता हुनसक्ने । दोस्रो बाह्य कारण दुई विश्व महाशक्ति राष्ट्रहरू अमेरिका र चीन एमसीसी र बीआरआईका नाममा नेपालमा आफ्नो वर्चस्व स्थापित गर्ने प्रतिस्पर्धामा रहेको विश्लेषण गर्दै उनले त्यसको चपेटामा सरकार पर्न सक्ने आशंका गरेका छन् । विशेषगरी कांग्रेस र त्यसभित्रको इतर समूह प्रति उनको आशंका छ । विश्वासको मत दिएका घटकहरूमध्येबाट विश्वासको मत फिर्ता भएमा वा प्रमुख साझेदार पार्टी नेपाली कांग्रेसबाट विश्वासघात भएमा सरकार ढल्न सक्छ– उनले अगाडि लेखेका छन्, कांग्रेसभित्रको अनुदारवादी खेमा शान्ति प्रक्रिया टुंग्याउने कुरामा इमानदार देखिएको छैन । केही बाध्यता, केहीलोकलाजका कारण शान्ति प्रक्रियाका विरुद्धमा बोल्न मात्र सकेका छैनन् ।’

यस्तो आशंका माओवादीको तल्लो तहका कार्यकर्ता र नेतामा मात्रै सीमित छैन, उच्च तहकै नेतामा पनि पाइन्छ । प्रचण्ड सरकारले २६ पुसमा पहिलो र ६ चैतमा दोस्रो पटक विश्वासको मत लिएको थियो । विश्वासको मत प्राप्त गरेको डेढ महिना नै नपुग्दै सरकारको आयुबारे प्रधानमन्त्रीको दलभित्र आशंका उत्पन्न हुनु सामान्य कुरा होइन ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्