16.1 C
Kathmandu

कला/ साहित्यराष्ट्रिय तामाङ कलाकार संघको आयोजनामा बनभोज तथा बृहत सांस्कृतिक  कार्यक्रम सम्पन्न

राष्ट्रिय तामाङ कलाकार संघको आयोजनामा बनभोज तथा बृहत सांस्कृतिक  कार्यक्रम सम्पन्न

काठमाडौ ।  राष्ट्रिय तामाङ कलाकार संघको  आयोजनामा बनभोज तथा सांस्कृतिक  कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौ स्थित रमणिय  स्थल जहर सिङ पौवामा उक्त कार्यक्रमको  आयोजना गरिएको हो ।  

‘सामुहिक एकता आजको आवस्यकता’ भन्ने मुल नाराको साथ गठन गरिएको राष्ट्रिय तामाङ कलाकार संघले आयोजना गरिएको यो पहिलो कार्यक्रम हो । शनिबार जहर सिङ पौवा पुगेका कलाकारको टोलिले कार्यक्रमको सुरुवाती चरणमा औपचारिक कार्यक्रम राखेका थिए । छोटोमा औपचारिक कार्यक्रम सम्पन्न पस्चात सामुहिक  भोजन र त्यसपछी विभिन्न कलाकारहरुले सांगीतीक प्रस्तुतिहरु दिएका थिए ।  

चर्चित गायक तथा संगीतकार  अमृत लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी संघकै संरक्षक एवम म्हेन्दोला फोलेका प्रस्तोता,समाजसेवी सुनिल लामा रहेका थिए । अतिथिहरुमा गायक तथा संगीतकार सुसन लामा, तामाङ चलचित्र जगतका महानायक अमिर दोङ, नायीका शुस्मा मोक्तान लगायतका अन्य कलाकारहरु रहेका थिए ।  

यसो त तामाङ चलचित्रकर्मीहरुको साझा संस्थाको रुपमा तामाङ चलचित्र संघ नेपाल, र अन्य तामाङ कलाकारहरुकै साझा संगठनको रुपमा नेपाल तामाङ कलाकार संघ चलायमान अवस्थामा नै रहेका छन । पछील्लो समयमा गायक तथा संगीतकार अमृत लामाको अध्यक्षतामा गठन गरिएको उक्त संस्थाको उपाध्यक्ष उत्तर लामा र सचिव सानुबाबु घिसिङ रहेको जानकारी आए पनि बिस्तृत जानकारी सहित औपचारिक रुपमा संस्था गठन तथा स्थापनाको घोषणा भने गरेका छैनन । यद्यपी शनिबार भने नयाँ साल २०८० को शुभकामना आदान प्रदान तथा बृहत वनभोज सांस्कृतिक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेका छन ।  

अग्रज हस्तिहरु देखी  नयाँ पुस्ता सम्मका कलाकारहरुलाई समेत समेट्दै समान ढङ्गले संस्थामा आवद्ध गराउने र तिनै कलाकहरुको हक हितको निमित्त संघ खम्बा झै उभिरहने अध्यक्ष अमृत लामाले नमोबुद्ध न्युजलाई बताए । उनका अनुसार हाल गठन गरिएको तदर्थ समितीले यथासिघ्र वृहत रुपमा भेला गरेर उक्त भेलाबाट नै संस्थाको बिधान सार्वजनिक गरिनुका साथै संस्था स्थापनाको घोषणा समेत एकै दिन गर्ने जानकारी दिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्