24.1 C
Kathmandu

समाचारनमोबुद्ध काठमाडौ सम्पर्क मंचको अध्यक्षमा सिंह बहादुर लामा

नमोबुद्ध काठमाडौ सम्पर्क मंचको अध्यक्षमा सिंह बहादुर लामा

काठमाडौ । नेकपा एमाले निकट सङठन नमोबुद्ध काठमाडौ सम्पर्क मन्चको अध्यक्षमा सर्बसम्मत रुपमा सिंह बहादुर लामा चयन भएको छ ।  

शनिबार काठमाडौ स्थित जडिबुटीमा सम्पन्न मिसन ग्रासरूट अभियान अन्तर्गत नमोबुद्ध काठमाण्डौ सम्पर्क मञ्चद्वारा आयोजना गरिएको तेश्रो सम्मेलनबाट सिंह बहादुर लामाको अध्यक्षतामा नयाँ कमिटी चयन गरिएको हो । त्यसै गरी उपाध्यक्षमा हरिशरण हुमागाई, सचिवमा रमेश प्याकुरेल, उपसचिवमा संजिव हुमागाई, कोषाध्यक्षमा कमल अधिकारी, सदस्यहरुमा : आच्युत मैनाली, रिशेश्वर भुर्तेल, कुमार प्रसाद मैनाली, मोहन खनाल, सागर श्रेष्ठ, मुरारी अधिकारी चन्द्र ब. तामाङ, मणिराज अधिकारी, निर्मल हुमागाई, उद्धव खनाल, विमल सिङ लामा, दामोदर अधिकारी, सिताराम अधिकारी, बुद्ध लामा, योग प्रसाद, अधिकारी, प्रताप लगायतका कमिटी  चयन गरिएको हो ।  

कार्यक्रमको अध्यक्षता नमोबुद्ध काठमाडौ सम्पर्क मंचका अध्यक्ष कुमार लामाले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिमा संबिधान सभा सदस्य एवम पूर्वमन्त्री रेशम लामा रहेका थिए भने अतिथिहरुमा नेकपा (एमाले)जिल्ला कमिटी सचिव राजन भुर्तेल, गत निर्वाचनमा बागमती प्रदेश सभा सदस्यका प्रत्यासी दिलिप लामा, मदन भन्डारी फाउन्डेशनका केन्द्रिय सन्दस्य अमरध्वज लामा, नगर इन्चार्ज पवित्र भुर्तेल, नगर कमिटी  सचिव गणेश लामा लगायत अन्य नेताहरु उपस्थित रहेका थिए ।  

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी रेशम लामाले राष्ट्र र राष्ट्रियताको पक्षमा निरन्तर निस्वार्थ ढंगले लाग्ने एक मात्रा पार्टी नेकपा एमाले रहेको जिकिर गरेका थिए । उनले भने-‘नेकपा एमालेले आफ्ना कार्यकर्ता र नेपाली जनताका हर गुनासो तथा समस्यालाई नजिक बाट बुझेका हुन्छन । त्यसैले त हामीलाई चौतर्फी घेराबन्दिको बाबजुत पनि निर्वाचनको परिणाम सन्तोषजनक पाएका छौ ।‘ 

कार्यक्रममा नमोबुद्ध बाट विभिन्न पेषा व्यबसायका लागी उपत्यकामा बसोबास गर्दै आएका  नेकपा एमालेका नेता, कार्यकर्ता र नेकपा एमाले प्रती आस्था र विश्वास राख्नेहरुको बाक्लो उपस्थित रहेका थिए ।  

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्