16.8 C
Kathmandu

समाचारराष्ट्रिय युवा संघ नेपाल युवाहरुको मुद्दामा एक्लै निरन्तर लागिरहने संगठन हो: क्षितिज...

राष्ट्रिय युवा संघ नेपाल युवाहरुको मुद्दामा एक्लै निरन्तर लागिरहने संगठन हो: क्षितिज थेबे

काठमाडौं । हालै नेपालगंजमा सम्पन्न राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय युवा संघ नेपाल यो मुलुकको युवाहरुको हर मुद्दाहरुमा एक्लै निरन्तर रुपमा लागिरहने संगठन रहेको बताएका छन । नेकपा (एमाले) निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं महाधिवेशनको समिक्षा एवं अन्तरक्रियाका लागि शनिबार रिपोर्टर्स क्लब नेपालमा सम्पन्न पत्रकार  सम्मेललाई सम्बोधन गर्दै उनले  राष्ट्रिय युवा संघ नेपालको प्रतिष्पर्धी संगठन अन्य कुनै पनि नरहेको बताएका हुन ।   

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा थेबेले भने ‘हामी युवाहरुको विषयमा एकदमै संवेदनशील छौं,’ हाम्रा प्रतिष्पर्धी मित्र संगठनले हामीलाई चुनौति दिन खोजेको भए हाम्रो स्पिड अझै बढ्थ्योजस्तो लाग्छ । तर हाम्रो सङ्गठन एक्लै  रेसिङ बाईक जसरी कुदिरहेको छ पछाडि भने साइकल चलाउने बच्चाले कुदाएको स्पिडको कम्पिटिसन जस्तो भाईरहेको छ ।’

नवौं महाधिवेशनले देशभरका युवाहरुलाई एक बनाउने काम गरेको अध्यक्ष थेबेको भनाई छ । आन्दोलनका क्रममा र सबै क्षेत्रमा आन्दोलनको बाघ बनेर अगाडि बढ्ने एकमात्रै संगठन युवा संघ भएको उनको दाबी छ । युवा संघ नेपालको प्रतिष्पर्धी संगठन अरु कोही पनि नभएको उनको दाबी छ । उनले अहिले युवा संघ युवाहरुको मुद्दामा एक्लै निरन्तर लागिरहेको स्पष्ट पारे । हालै चयन भएको नेतृत्व वैज्ञानिक र पारदर्शी रहेको समेत उनले दाबी गरेका छन् । ‘पछिल्लो समय नेपाली राजनीतिमा वितृष्णा छाउने युवाहरुको जमातलाई सङठनमा लाग्न राष्ट्रिय युवा संघ नेपालले गरेका विभिन्न खालका रचनात्मक कार्यहरुले अकर्षण गरेको बताएका छन । नेताहरुको अगाडि तथा पछाडि हिँड्ने मान्छेमात्रै राजनीतिमा हालिमुहाली हुने, भूगोलमा र संगठनमा काम गरेका मान्छेहरुलाई कहिल्यैपनि न्याय नमिल्ने भनेर आलोचना भएपछि हामीले पहिलो चोटी राष्ट्रिय युवा संघको महाधिवेशनमा ७७ वटै जिल्लामा सदस्यता वितरण गर्यौं ’– उनले भने ।

उनले देशमा राष्ट्रियताको पक्षमा एकमात्रै अडान लिने दलको रुपमा एमालेलाई चित्रण गरे । उनले भने,‘एकमात्रै दल, राष्ट्रियताको पक्षमा अडान लिएर अगाडि बढेको एमालेलाई पछिल्लो समय नियोजित ढंगले घेराबन्दी गरियो । यसविरुद्ध अब नेपालकै सबैभन्दा ठूलो संगठन, क्रियाशील र उर्जाशील संगठन, नेपालको युवाहरुको नीति र मुद्दा उठान गर्ने राष्ट्रिय युवा संघले घेराबन्दी तोड्न सफल भएको छ । त्यही भएर सर्वसम्मत् ढंगले नेतृत्व चयन भयो । यो नवौं राष्ट्रिय महाधिवेशनको पहिलो सन्देश पनि हो।’

राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत तवरले निर्वाचित भएका पदाधिकारीहरु:

अध्यक्षः क्षितिज थेबे

उपाध्यक्षः

अमित लामा

पुष्प श्रेष्ठ

कृष्णहरी केसी

महाराज गुरुङ

सीता सुवेदी

रमेश तिवारी

प्रकाश गौतम

महासचिवः

सुमन पुरी

उप महासचिवः

महेन्द्र गुरुङ

राजन थापा

सचिवः

बिनय शाह

खेम शर्मा

जय गुरुङ

मोबिन आलम

अनिता कन्दङ्वा

देवानन्द मेहता

बिष्णा चन्द

पर्वत भण्डारी

कुबेर अधिकारी

कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख)

राकेश राई

लेखा आयोगः

सन्तोष चौलागाई-प्रमुख

नानीराम तिवारी-उपप्रमुख

प्रविन-सचिव

अनुशासन आयोगः

राकेश लामा-प्रमुख

दिपेश खड्का-उपप्रमुख

राजन नेपाली-सचिव

निर्वाचन आयोग:

बलराम बेलबासे-प्रमुख

बाबु छतकुली-उपप्रमुख

गोकर्ण नेपाली-सचिवल

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्