18.1 C
Kathmandu

कला/ साहित्यथानेश्वर गौतम र निशा केसीको स्वर रहेको 'सारा संसार एकातर्फी' बोलको गीत...

थानेश्वर गौतम र निशा केसीको स्वर रहेको ‘सारा संसार एकातर्फी’ बोलको गीत बजारमा

काठमाडौं । पछिल्लो चरण नेपाली संगीतको बजारमा एकपछि अर्को उत्कृष्ट गीतहरु आउनेक्रममा चर्चित गजलकार तथा लोक दोहोरी गायक थानेश्वर गौतम र गायिका निशा केसीको स्वरमा रहेको ‘सारा संसार एकातर्फी’ बोलको गीत बजारमा सार्वजनिक भएको छ ।

प्रभा बर्तौलाको शब्द तथा गायक गौतमकै संगीत रहेको उक्त गीतमा अष्ट्रेलियामा रहेर निरन्तर नेपाली लोक गीत संगीतलाई निरन्तरता दिइरहेकि गायिका निशा केसीको सुमधुर स्वर रहेको छ ।

मुटुमा खिल बस्यो, चरी बनभरी, पानपाते फुलि जस्ता चर्चित गीत लगायत अन्य धेरै गीतमा गायिका केसीले स्वर दिइसकेको छ ।

गीतको भिडियोको निर्देशन सिर्जन बराल ‘ऋषि’ ले गरेका छन् भने भिडियोमा चिरन्जिवी सापकोटा, रोशनी कार्की, विकास खनाल, प्रिन्स सिङ ठकुरी लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्