27.1 C
Kathmandu

समाचारबैंकको रकम लुटेको आरोपमा तीन जना पक्राउ

बैंकको रकम लुटेको आरोपमा तीन जना पक्राउ

काठमाडौ । बैंकको रकम लुटपाट गरेको आरोपमा सिराहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। मिर्चैया कल्याणपुर सडकको मिर्चैया नगरपालिका ३ बताहा पुलबाट ग्लोबल आईएमई बैंकको शाखा कार्यालय कल्याणपुर लादै गरेको रकम लुटेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेका हुन् ।

रकम लुटपाट गरेको आरोपमा पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–८ अरङ्गका ४५ वर्षीय श्याम कुमार यादव, लहान नगरपालिका १३ सुकरामपुर का ३६ वर्षीय जिवछ बिक र लहान १९ छपरारी का ४७ वर्षीय सत्य नारायण मण्डल रहेका छन् । मिर्चैया कल्याणपुर सडकको मिर्चैया नगरपालिका ३ बताहा पुलबाट ग्लोबल आईएमई बैंकको शाखा कार्यालय कल्याणपुर लादै गरेको नौ लाख रकम लुटेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेका हुन् ।

प्रहरीसहित गएको ज.६ प.८१८५ नम्बरको मोटरसाइकलमा बैंकका कर्मचारी गत फागुन १० गते नम्बर नखुलेको मोटरसाइकलमा आएका ४ जना अपरिचित व्यक्तिहरूले पेस्तोल देखाई रकम लुटिएका थिए। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिराहा तथा इलाका प्रहरी कार्यालय मिर्चैया सिराहा लगाएत मातहतका प्रहरीले सिराहा सदरमुकामस्थित हेमनारायण चोकबाट पक्राउ गरेको बताएको छ।

उनीहरूमाथि शरीर बन्धक तथा डाँका मुद्दामा सिराहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्