17.1 C
Kathmandu

कला/ साहित्यपहिलो 'लाङटाङ राष्ट्रिय म्युजिक अवार्ड २०७९'का लागि आवेदन खुल्ला

पहिलो ‘लाङटाङ राष्ट्रिय म्युजिक अवार्ड २०७९’का लागि आवेदन खुल्ला

काठमाडौ । राष्ट्रिय संगीतकर्मी संघ रसुवको आयोजनमा पहिलो ‘लाङटाङ राष्ट्रिय म्युजिक अवार्ड २०७९’को आयोजना गरिएको छ । बैशाख १ गते हुने उक्त अवार्डका लागी संघले अवेदन खुल्ला गरिएको छ ।

हाम्रो कला संस्कृति गौरवपूर्ण शान, कलाकर्मीको उत्थानको लागी हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापना गरिएको राष्ट्रिय संगीतकर्मी संघ रसुवाले बैशाख १ गते सम्पन्न गर्ने तयारी रहेको उक्त अवार्ड कार्यक्रमको साथै सो दिन नेपाली कथानक चलचित्र अभियान समेत प्रदर्शन गर्ने आयोजक पक्षले जानकारी दिएको छ । चलचित्र प्रदर्शन भने दुवै मृगौला पीडित कर्मा दोर्जे तामाङको स्वास्थ्य उपचारको लागी सहयोग गर्ने उदेश्य रहेको छ ।

पहिलो लाङटाङ राष्ट्रिय म्युजिक अवार्ड २०७९ का लागि सहभागी हुन इच्छुक कलाकारहरुले यहि चैत्र १८ गते सम्म आवेदन दिइसक्नुपर्नेछ । अवार्ड कार्यक्रम बैशाख १ गते गोसाइँकुण्ड गाउँपालिका ५ स्याफ्रु बेसी रसुवामा हुने भएको छ । आयोजकले सार्वजनिक गरिएको कार्यक्रम तालिका अनुसार १ गते बिहान १० बजे देखि ५ बजे सम्म अवार्ड कार्यक्रम, बेलुकी ६ बजे देखी ८ः३० सम्म चलचित्र प्रदर्शन कार्यक्रम रहेको छ ।

बैशाख २ गते भने सोही स्थानमा राष्ट्रिय संगीतकर्मी संघ रसुवको तेस्रो अधिवेशन समेत रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्