20.1 C
Kathmandu

समाचारखुम्बु क्षेत्रमा लेक लागेर एक विदेशी पर्यटकको मृत्यु

खुम्बु क्षेत्रमा लेक लागेर एक विदेशी पर्यटकको मृत्यु

काठमाडौ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर एक विदेशी पर्यटकको मृत्यु भएको छ । बाक्लो हिमपात तथा प्रतिकुल मौसमका कारण सोमबार लेक लागेर मृत्यु हुनेमा स्लोभाकियाका ६८ वर्षीय आर्क जान रहेको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ४ गोरक्सेप क्षेत्रमा रहेको हिमालयन होटेलमा सुतिरहेको अवस्थामा अक्सिजन अभावका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी दीपक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार खुम्बु क्षेत्रमा लगातार हिमपात हुनुका साथै सो क्षेत्रको सञ्चार सेवासमेत प्रभावित भएको हुंदा शव उद्धारमा समस्या रहेको छ ।

खुम्बु क्षेत्रमा हिमपात भइरहेको र मौसम सहज हुने बित्तिकै शव उद्धार गरिने डीएसपी श्रेष्ठले बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्