28.1 C
Kathmandu

समाचारलोकतान्त्रिक तामाङ संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा दावा दोर्जे लामा 

लोकतान्त्रिक तामाङ संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा दावा दोर्जे लामा 

काठमाडौ । नेकपा (एमाले) निकट संगठन लोकतान्त्रिक तामाङ संघको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनबाट दावा दोर्जे लामाको नेत्रित्वमा एक सय ५१ जनाको केन्द्रिय कमिटी सर्बसम्मत रुपमा निर्वाचित भएका छन । एमाले सम्बद्ध संगठन लोकतान्त्रिक आदिबासी जनजाति महासंघ नेपालको महत्वपुर्ण घटक संगठन हो लोकतान्त्रिक  तामाङ संघ ।  

शनिवार काठमाडौ मनमैजु स्थित छन्त्याल भवनमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथी नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका सह- इन्चार्ज पासाङ शेर्पा रहेका थिए । सम्मेलनमा देशै भरबाट नेकपा एमालेमा आवद्ध तामाङ समुदायका झन्डै ४०० प्रतिनिधिहरु उपस्थिती रहेका थिए । दोस्रो चरण अर्थात बन्द सत्रमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम पूर्वमन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्यता रहेका थिए ।  

शनिवार   सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट दावादोर्जे लामाको नेत्रित्वमा निम्नलिखित १५१  सदस्यिय केन्द्रिय कमिटी सर्वसम्मत रुपमा निर्वाचित भएका छन :

अध्यक्ष- दावा दोर्जे लामा, उपाध्यक्ष- इमान सिँ लामा, ईन्द्र कुमार तामाङ, मान बहादुर तामाङ, धमेन्द्र मोक्तान, खड्ग बहादुर बम्जन, बेली लामा, मिन बहादुर गोले, अर्जुन लामा र वीरमान तामाङ रहेका छन ।  त्यसै गरी महासचिवमा कृष्ण बहादुर तामाङ, उप-महासचिवमा चिरण तामाङ, विना मम्बा र सुनिल मोक्तान रहेका छन ।  

सचिवमा तिर्थमान बल, विपिन तामाङ, सोमर बम्जन, तेजमान ग्याबक, मान बहादुर वाइबा, बरी बल र विजय तामाङ निर्वाचित भएका छन भने कोषाध्यक्षमा ज्ञान बहादुर तामाङ निर्वाचित भएका छन ।  

सदस्यहरुमा-

निर्वाचित केन्द्रिय कमिटिको कार्यकाल चार बर्षको रहनेछ भने बाँकी सदस्य बैठबाट मनोनित गर्ने भएको छ । दोस्रो राष्ट्रिय सम्मेलनबाट नव निर्वाचित केन्द्रीय कमिटिलाई पूर्वमन्त्री  शेर बहादुर तामाङले शनिवार  राति नै सपथ ग्रहण गरएका थिए ।  

नव निर्वाचित केन्द्रीय कमिटिको बैठक आईतवार काठमाडौ स्थित बागबजारमा पूर्वमन्त्री दावा तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । बैठकमा शनिवार सम्म्पन्न सम्मेलनको समिक्षा गर्नुका साथै अन्य थुप्रै महत्वपूर्ण बिषयबस्तुहरुमा छलफल भएको थियो ।  

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्