23.1 C
Kathmandu

Uncategorizedनेपाली कथानक चलचित्र  देउरालीमा लाएको माया धमाधम छायाङ्कन हुँदै

नेपाली कथानक चलचित्र  देउरालीमा लाएको माया धमाधम छायाङ्कन हुँदै

काठमाडौ – सिन्का फिल्मसको ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र देउरालीमा लाएको माया धमाधम छायाङ्कनको क्रममा रहेको छ । बिशुद्ध माया प्रेममा आधारित उक्त चलचित्रमा सामाजिक बिषयवस्तुहरुलाई समेत समेटिएको चलचित्रका निर्देशक दिपक लामा तामाङले जानकारी दिएको छ ।  

सोमबार काठमाडौस्थित राम जानकी मन्दिरमा पुगेर औपचारिक रुपमा शुभमुरत गरेको उक्त चलचित्रको आजा तेस्रो दिनको छायाङ्कन काठमाडौको  गोकर्णमा चलिरहेको चलचित्रकी नायिका रोशनि ब्लोनले नमोबुद्ध न्युजलाई जानकारी दिएकी हुन । सोमबार सम्पन्न शुभमुरत कार्यक्रममा तामाङ चलचित्र क्षेत्रमा लामो समय देखी  योगदान दिदै आएका चर्चित निर्देशक तथा जिम्बा फिल्मस्का सन्चालक निमा लामा तामाङको प्रमुख आतिथ्यता रहेका थिए भने अन्य कलाकारहरुको साथमा चलचित्रका सिङ्गो टिमको उपस्थिती रहेका थिए ।  

अहिले उपत्यका भित्र धमाधम छायाङ्कनको क्रममा रहेको उक्त चलचित्रका कार्यकारी निर्माता उद्धव बस्नेत रहेको छ । त्यसै गरी निर्माताहरु माया देबी मोक्तान, भरत कुमार मल्ल, प्रिन्स राज श्रेष्ठ रहेका छन भने सहनिर्माता सुमन राई रहेको छ । चलचित्रमा कथा तथा निर्देशक दिपक लामा तामाङको रहेको छ भने पटकथा सोम जिसिको रहेको छ ।  

चलचित्रमा नायक जय किसन बस्नेत, सन्देश बोम्जन तामाङ, समिर बोम्जन  र एमर सिङ ब्लोन रहेका छन भने नायीका रोशनी ब्लोन, जानुका नुन्ना राई, मोनिका सिङ्तान रहेका छन । त्यसै गरी उक्त चलचित्रमा माया देबी मोक्तान, दल बहादुर थापा, सुमन राइ सुस्मिता तामाङ, सिता पाख्रिन लगायतका कलाकारहरु रहेका छन ।  

चलचित्रका निर्देशक दिपक लामा तामाङका अनुसार गोकर्णमा छायाङ्कन सकेपस्चात टोखा, ईलाम लगायत अन्य विभिन्न स्थानहरुमा पुगेर छायाङ्कन  गर्ने भएको छ । उनका अनुसार २४/२५ दिन भित्र छायाङ्कन  सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्