कला/ साहित्यप्रणय दिवशको अवसरमा तामाङ प्रेम गीत ‘एला लागीरी’ भिडियो सहित सार्वजनिक 

प्रणय दिवशको अवसरमा तामाङ प्रेम गीत ‘एला लागीरी’ भिडियो सहित सार्वजनिक 

काठमाडौ । तामाङ गीत सङ्गीतको बजारमा पछिल्ला समय माया पिरती सङ्ग सम्बन्धित गीतहरुले ठुलो हिस्सा ओगट्न सफल भएका छन । यसै क्रममा रमित लामा र सुमिना लो को सुमधुर आवाजमा तामाङ प्रेम गीत ‘एला लागीरी’ भिडियो सहित सार्वजनिक भएको छ ।  

मंगलवार ललितपुर महालक्ष्मीस्थान स्थित एक होटलमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको उक्त गीतमा बिष्णु घलानको शब्द रहेको छ । माया प्रेमले ओतपोत रहेको शब्दलाई जो कोहिको मन सजिलै जित्न सक्ने संगीत भने चर्चित गायक तथा संगीतकार निमा दोङको रहेको छ ।

 

गीतको भिडियो तर्फ भने अजय स्याङ्तानको निर्देशनमा बिष्णु घलानको साथमा रोशनि श्रेष्ठको अभिनय रहेको छ । भिडियोको छायाङ्कन तथा सम्पादन भने बिक्रम लामाले गरेका हुन ।  

मंगलवार  सम्पन्न पत्रकार सम्मेलन तथा म्युजिक भिडियो सार्वजनिक कार्यक्रमको अध्यक्षता नव मोडल बिष्णु घलानले गरेका थिए ।  कार्यक्रममा तामाङ भाषाको गीत संगीतको दुनियाँमा पहिलो पटका आफ्नो आवाजमा गीत रेकर्ड गरेर सामुदयाकै पहिलो गायकको रुपमा  चिनिएको चन्द्र कुमार मोक्तानको प्रमुख आतिथ्यता रहेका थिए भने नेपाल तामाङ कलाकार संघका पूर्व अध्यक्ष सन्जिव वाइबा लगायतका अन्य कलाकारहरुको आतिथ्यता रहेका थिए ।  

Voice of Selo युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतमा अभिनय गरेका नव मोडल बिष्णु घलान युवा व्यबसायी हुन भने  रोशनि श्रेष्ठ अभिनित दोस्रो भिडियो रहेको छ । 

भिडियो हेर्नुहोस…

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्