19.1 C
Kathmandu

कला/ साहित्यब्रेन ह्यामरेज पिडित मोडल पुर्णिमा थोकरलाई गरे तामाङ समाज युएईले आर्थिक सहयोग

ब्रेन ह्यामरेज पिडित मोडल पुर्णिमा थोकरलाई गरे तामाङ समाज युएईले आर्थिक सहयोग

 काठमाडौं । ब्रेन ह्युमरेज पिडित मोडल पुर्णिमा थोकरको स्वास्थ्य उपचारका लागी तामाङ समाज युएईले आर्थिक सहयोग गरेका छन ।  वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईले विभिन्न सामाजिक कार्य सँगै दिर्घ रोग पिडितहरुको स्वास्थ्य ऊपचारर्थ आर्थिक सहयोग गर्दै आएका छन ।  यसै क्रममा तामाङ कलाकार संघका सदस्य समेत रहेकी चर्चित मोडल थोकरको उपचारका लागी आर्थिक सहयोग गरेका हुन ।

सोमबार थोकर निवासमै पुगेर तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ, कोषाध्यक्ष खेम मोक्तान, आदिबासी जनजाति पत्रकार महासंघ युएईका पुर्व अध्यक्ष अनिस तामाङ, म्हेन्दो माया गायक एवम् संगीतकार रोशन फ्युबा लगायतले तामाङ समाज युएईले पठाएको उक्त रकम हस्तान्तरण गरेका हुन ।

केही दिन अघि मात्रै सोनाम ल्होछारको उपलक्ष्यमा तामाङ समाज युएईद्वारा आयोजित कार्यक्रममा सांगीतिक प्रस्तुति दिन युएई पुगेका अध्यक्षद्वय विश्व दोङलाई समाजले ७३ हजार नेपाली रुपैयाँ पठाएका हुन । जसमा ५० हजार रुपैयाँ तामाङ समाज युएईको तर्फबाट र बाँकी २३ हजार रुपैयाँ समाजका संरक्षक एवम् संस्थापक राम मोक्तान र महेश मोक्तानले पठाएको तामाङ समाज युएईका महासचिव नविन दोङ तामाङले जानकारी दिए ।

केहि हप्ता अघि आफ्नै कोठामा अचेत अवस्थामा भेटेर अस्पताल पुर्याएका मोडल पुर्णिमा थोकरलाई  ब्रेन ह्यामरेज भएको रिपोर्ट आएपस्चात उनी लामो समय अस्पातलमै बस्नु परेको थियो । अहिले उनि सामान्य रुपमा आफन्तको सहारामा हिंड्न सके पनि शरिरको आधा भाग चल्न र बोल्न नसक्ने अवस्थामा रहेको छ । 

यस अघि उनको उपचारका लागी नेपाल तामाङ कलाकार संघतामाङ चलचित्र संघले पनि अस्पातलमै पुगि आर्थिक सहयोग गरेका थिए ।  

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्