19.1 C
Kathmandu

कला/ साहित्यपहिलो तामाङ र्‍याप गायकको रुपमा सम्मानित भए उत्तर लामा

पहिलो तामाङ र्‍याप गायकको रुपमा सम्मानित भए उत्तर लामा

काठमाडौ । बिगत २ दशकभन्दा लामो समयदेखी तामाङ गीतसंगीतको क्षेत्रमा र्‍याप गायकको रुपमा निरन्तर लागी रहेको उत्तर लामा तामाङ समुदायको पहिलो र्‍याप गायकको रुपमा सम्मानित भएका छन् । उनलाई तामाङ समुदायमा तामाङ भाषाका र्‍याप गीत पहिलो पटक गाएकोमा पहिलो तामाङ र्‍याप गायकको रुपमा सम्मान गरेका हुन् ।कोट्तेमाल परिवारको आयोजनामा गरिएको उक्त कार्यक्रममा संयोजक इश्वराज तामाङ रहेका थिए भने कार्यक्रमको अध्यक्षता विश्वराज रहेका थिए ।  

काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं.५ स्थित कोटतेमालमा सम्पन्न तिन दिवसिय बृहत शान्ति पुजा तथा ल्होछार कार्यक्रममा उत्तर लामालाई पहिलो तामाङ र्‍याप गाएको रुपमा सम्मान गरिएको हो । कोटतेमाल परिवारद्धारा आयोजीत उक्त कार्यक्रम गत माघ १६, १७ र १८ गते सम्पन्न भएको थियो ।

कार्यक्रमको अन्तिम दिन नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा र्‍याप गायक लामालाई नगरप्रमुखको हातबाट सम्मान पत्र सहित सम्मान गर्ने कार्यक्रम रहेकोमा प्रमुख अतिथिले कार्यक्रमस्थल छोडिसकेको हुँदा वडाअध्यक्ष सुरे लामाको हातबाट लामालाई सम्मान गरेका हुन् ।

काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिका वडा नं.१ आधाबाटो (डहुन्हान्) मा बुबा कान्छामान तामाङ र आमा मैना तामाङको कोखबाट २०४० साल कार्तिक ९ गते जन्मेका पहिलो तामाङ र्‍याप गायक लामाले ५५ सालमा नै पहिलो पटक तामाङ भाषामा र्‍याप गीत रेकर्ड गरेका हुन् । युवा अवस्थामा नै रेकर्ड गरिएको उनको पहिलो एल्बम तेमाल गाङ २०५८ सालमा बजारमा सार्वजनिक भएको थियो । उनको उक्त एल्बममा तेमाल तेमाल, ह्याङला ल्होछार, म्हेन्दोला माला, धिम ङला तोर तोर तेमाल ल्हारी लगायत ६ वटा गीत समाबेश गरिएको थियो । सानै उमेरदेखी गीत संगीतमा रुची राख्ने गरेको उत्तर लामाले पहिलो पटक निकालेको गीती एल्बम तेमाल गाङबाट नै तामाङ गीतसंगीतको बजारमा एउटा नयाँ उचाई कायम राख्न सफल भयो । त्यस पछि उनले तेमाल्ला च्याङबा, धिम मि सिन्धुली, रोशीला च्याङबा, तामाङ एम.पि.थ्रि लगायतका थुप्रै हिट गीतहरु बजारमा ल्याएका थिए ।

उत्तर लामा र्‍याप गीत गाउनमा मात्रै सिमित रहेनन् उन्ले तामाङ सेलो गीतहरु पनि राम्रै गाएका छन् । हाल सम्म उनको आवाजमा र्‍याप गीत, नेपाली गीत तथा सेलो गीतहरु गरेर १०० वटा भन्दा बढी गीतहरुमा आफ्नो आवाज दिइसकेका छन् । उनी केही समय भने सांगीतीक क्षेत्रबाट थोरै टाढा रहे । तर पछिल्ला समय भने उनी पुःन यही क्षेत्रमा फर्केका छन् । केही बर्षको अन्तराल पछि उनले उत्तर लामा ब्याक टु ब्याक नामक र्‍याप गीत बजारमा ल्याए सँगै फेरी पनि तामाङ गीत संगीतको बजारमा चर्चा बटुल्न सफल भएका छन् । यत्ति मात्र नभएर तामाङ भाषाको चलचित्र काख्रेमा खाजी होइ काख्रे खाजी होई भन्ने गीतमा आफ्नो आवाज भरे पश्चात भने झनै चर्चामा आएका छन् ।

अहिले तामाङ चलचित्र संघका केन्द्रिय सदस्य समेत रहेका उनी पछिल्ला समय ल्होछारको स्टेज कार्यक्रमहरुमा व्यस्त रहेका छन् । टुडिखेलमा आयोजीत ल्होछार कार्यक्रममा र्‍याप गीतलाई प्रस्तुत गर्न रोक लगाउने अभिव्यक्ति दिएसँगै उनले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त अभिव्यक्तिमाथि असहमति जनाउनुका सथै एक अनलाईन मार्फत भिडियो अन्तवार्ता नै दिएका थिए ।

र्‍याप गीत, सेलो गीत, नेपाली आधुनिक गीत र पप गीत समेत सहजै गाउन सक्ने लामाले आफै संगीत समेत गर्ने गरेका छन् । उनले अडियो गीतहरुमा मात्र नभएर चलचित्रमा समेत संगीत गरेका छन् । २०६५ सालमा उनले तामाङ चलचित्र जा थेबामा पहिलो पटक एकल संगीत गरेका थिए । गीतसंगीत क्षेत्रमा गाउन र संगीत गर्न सक्ने उनै गायक उत्तर लामालाई यस अघि तामाङ चलचित्र संघ, तामाङ समाज कतार लगायत अन्य विभिन्न  संघ संस्थाहरुले पहिलो तामाङ र्‍याप गायकको रुपमा सम्मान गरिसकेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्