28.1 C
Kathmandu

समाचारग्रील तथा स्टील ब्यवसायी पश्चिम क्षेत्र र इकाईहरुको नवौं साधारणसभा तथा तेश्रो...

ग्रील तथा स्टील ब्यवसायी पश्चिम क्षेत्र र इकाईहरुको नवौं साधारणसभा तथा तेश्रो अधिवेशन सम्पन्न

काठमाडौ । ग्रील तथा स्टील ब्यवसायी पश्चिम क्षेत्र र इकाईहरुको नवौं साधारणसभा तथा तेश्रो अधिवेशन सम्पन्न । शनिबार काठमाडौ स्वयम्भू स्थित एक होटलमा महासंघका केन्द्रिय अध्यक्ष मोहन कटुवालको प्रमुख आतिथ्यतामा संघको पश्चिम क्षेत्र र विभिन्न इकाईहरुको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो ।

ग्रील तथा स्टील ब्यावसायी संघ काठमाडौ पश्चिम क्षेत्र र सो अन्तरगतका बालाजु, चमती, खुसीबु, इकाई, सामाखुसी, गोङबु इकाई, सानो भर्‍याङ, ठुलो भर्‍याङ इकाई, सितापाईला इकाईको संयुक्त नवौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट आफ्ना प्रतिबेदन प्रस्तुत गर्नुका साथै नयाँ कार्यसमिति समेत चयन गरेका छन् । काठमाडौं पश्चिम क्षेत्र संगै अन्य ४ वटा इकाई समितिको संयुक्त आयोजनामा सम्मपन्न उक्त कार्यक्रममा पश्चिम क्षेत्रका अध्यक्ष शैलेस ठकुरीले अध्यक्षता गरेका थिए । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठ, उपाध्यक्ष केदार अधिकारी, महासचिव बिवेकदास श्रेष्ठ काठमाडौं जिल्लाका अध्यक्ष यज्ञदास श्रेष्ठ, काठमाडौं जिल्लाका महासचिव राजुलाल श्रेष्ठ, काठमाडौं पुर्वी क्षेत्रका अध्यक्ष रोहित श्रेष्ठ, पुर्वी क्षेत्रका इकाई अध्यक्षहरु ,पश्चिम क्षेत्रका इकाई अध्यक्ष तथा पदाधिकारीहरु, ग्रील तथा स्टील ब्यवसायका ब्यबसायी तथा कर्मचारीहरु, बिभिन्न क्षेत्रका समाजसेवीहरु तथा मिडियाकर्मीहरुको उपस्थिति रहेका थिए ।

अधिवेशनमा विभिन्न इकाईका अध्यक्षहरुले सम्बोधन गर्ने क्रममा अहिले बैठकमा कार्यसमितिका पदाधिकारी बाहेकका अन्य ब्यवसायीहरु उपस्थित नहुने समस्या रहेको, ग्रील ब्यवसायी भन्न लजाईरहेको अवस्था समेत रहेको बताए । केही अतिथिहरुले मन्तव्यको क्रममा संगठनको कारण उपत्यका लगायत उपत्यका बाहिर कामको सिलसिलामा जाँदा हरेक सवालमा सहजता भएको उदाहरण सहित प्रस्ट पार्दै संघले व्यवसायीहरुलाई एकिकृत गर्दै हरेक सवालमा आएका समस्यहरुलाई समधानको निचोड दिने उदेश्य रहेको समेत बताए । राज्यलाई कर नतिरी एउटा वइल्डिङ मेशिन झोलामा बोकेर हिंड्ने र उपभोक्तालाई ठग्नेहरुलाई कुनै पनि हालतमा नछोड्ने समेत संघका पदाधिकारीहरुले बताए । केही इकाईका अध्यक्षले भने कार्यक्रममा खुलेरै संघभित्रको समस्याहरुको बारेमा चर्चा गर्ने क्रममा कपाल काट्ने शैलुनमा समेत नाई संघले आफ्नै दर रेट कायम गरेर लागु गर्न सक्छ भने ग्रिल तथा स्टील ब्यवसायी महासंघले आफ्नो दर रेट किन कायम गर्न सक्दैनन भनेर प्रश्न उठाएका थिए ।

गोंगबु ,सामाखुसीका इकाईका अध्यक्ष शिवलाल श्रेष्ठ, सानो भर्याङ ठुलो भर्याङ इकाईका अध्यक्ष ,उत्तम श्रेष्ठ, सितापाईला इकाईका अध्यक्ष मनोज रोईलाले आफ्नो स्वागत मनतव्य राख्ने क्रममा माथिल्लो समितिले व्यबहारीक रणनिति तथा कार्यनिति बनाएर लागु गर्न सके यो संस्थाको भबिष्य उज्वल रहेको तर सरकारी निकाय संगको सहकार्य र समन्वयमा कमि हुँदा व्यवसायीहरुलाई समय सापेक्ष उत्थान गर्न भने नसकिएको बताए ।

कार्यक्रममा आफ्नो मनतव्य राख्दै काठमाडौं जिल्लाका अध्यक्ष यज्ञदास श्रेष्ठले भने अरुलाई गालि गर्न सबै भन्दा पहिला आफु सक्षम हुनुपर्ने र समितिका पदाधिकारी हरुले नै गैह्र जिम्मेवारी पूर्वक बिचार अभिव्यक्ति राख्नु गलत रहेको भन्दै बोल्नु भन्दा पहिला दश पटक सोचेर मात्र बोल्न र ब्यबहार गर्न सबै समितिहरुलाई आग्रह गरेका थिए ।


शनिबार सम्पन्न अधिवेशनबाट बालाजु, चमती,खुसीबूँ इकाईको अध्यक्षमा राजकुमार खड्का, सामाखुसी, गोङ्गबु इकाई अध्यक्षमा गोपाल बि।क., सानो भर्याङ ,ठुलो भर्याङ इकाई अध्यक्षमा दिलिप लामा, सितापाईला इकार्इ अध्यक्षमा राजकुमार राई सर्वसहमत रुपमा निर्वाचित हुनु निर्वाचीत भएका छन् भने पश्चिम क्षेत्रका अध्यक्षमा शैलेस ठकुरी नै पुःन निर्वाचीत भएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्