24.1 C
Kathmandu

समाचारकाभ्रे तेमालमा विश्व शान्ति पुजा, ४ अवतारद्धारा छिवाङ तथा ल्होछार कार्यक्रमको आयोजना

काभ्रे तेमालमा विश्व शान्ति पुजा, ४ अवतारद्धारा छिवाङ तथा ल्होछार कार्यक्रमको आयोजना

काठमाडौ । काभ्रेको नमोबुद्ध नगरपालिक वडा नं.५ कोट्तेमालमा तिन दिवसिय बृहत विश्व शाान्ति पुजा तथा ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ । कोट्तेमाल परिवारको आयोजनामा हुने उक्त कार्यक्रममा ४ अवतारद्धारा छिवाङ अर्थात आयु अभिषेक समेत गर्ने छ ।

शुक्रवार काठमाडौ बौद्धस्थित सेकुवा जक्सनमा आयोजीत पत्रकार सम्मेलन मार्फत कोटतेमाल परिवारले बृहत विश्व शान्ति पुजा तथा ल्होछार कार्यक्रमको मिति, स्थान समयको साथै कार्यक्रम तालिका समेत सार्वजनिक गरेका हुन् । ऐतिहासिक तेमालमै पहिलो पटक मानवजातिको सुख, शान्ति, समृद्धि एवम् दिर्घायु तथा सम्पूण प्राणि जगतको मुक्तिका लागि विश्व शान्ति पुजाको आयोजना गरिएको आयोजकले जानकारी दिए । यहि माघ १६ गते शुरु हुने उक्त कार्यक्रममा टुल्कु सोनाम कार्वाङ् रिम्पोछे चार अवतारको आगमन हुने भएको छ ।

कार्यक्रमको पहिलो दिन माघ १६ गते बिहान ६ बजे लामा गुरुहरुबाट पुजा शुरु हुनेछ त्यसै गरि दोस्रो दिन माघ १७ गते विश्व शान्ति पुजा हुने र कार्यक्रमको अन्तिम दिन माघ १८ गते नमोबुद्ध नगरप्रमुखको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रमको साथै छिवाङ(आयु अभिषेक) पश्चात ल्होछार कार्यक्रम हुने आयोजक टिमले पत्रकार सम्मेलन मार्फत जानकारि दिएका छन् । ल्होछार कार्यक्रममा ख्याति प्राप्त कलाकारहरुको साथमा स्थानिय कलाकारहरुको सांगितिक प्रस्तुतिहरु रहनेछ ।

गुरु रिम्पोछे (पदम सम्भव) ले तपस्य गरेको ऐतिहासिक तपोभूमि, अन्तिम तामाङ राजा ह्रेन्जेन दोर्जेको दरवार क्षेत्र लगायत विभिन्न धार्मिक महत्व रहेका स्थलहरुको साथै तामाङ संस्कार, संस्कृति, धर्म, परम्पराको उदगम स्थलको रुपमा चिनिएको तेमाल प्रचार प्रसारको अभावले पछाडि परेको हुँदा विभिन्न धार्मिक कार्यक्रमहरु मार्फत आन्तरिक तथा बाह्य पर्यटकहरुलाई तेमाल भ्रमण गराउन सकिनेछ । जस्को कारण सिङ्गो तेमालवासिको आर्थिक विकासमा समेत टेवा पुग्नेछ । विशेष गरि यस कार्यक्रममार्फत तामाङ युवा पुस्तामा धार्मिक जागरण ल्याउनुका साथै अन्य थुप्रै उदेश्यहरु र कार्यक्रमबाट हुने अपेक्षित लाभहरुको समेत प्रस्ट रुपमा उल्लेख गरिएका छन् ।

उक्त पुण्य कार्यक्रममा आन्तरिक तथा बाह्य भक्तजनहरुको समेत आगमन हुने भएकोले कार्यक्रमलाई सव्य र भव्य रुपमा सम्पन्न पार्नका निमित्त सम्पूर्णलाई उपस्थितिका लागी आयोजक समितिले अनुरोधका साथै निमन्त्रणा गरिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्