24.1 C
Kathmandu

कला/ साहित्यसोनाम ल्होछार बृहत साँस्कृतिक साँझ–२०२३ का लागी विशाल काल्तान र रमला पाख्रिन...

सोनाम ल्होछार बृहत साँस्कृतिक साँझ–२०२३ का लागी विशाल काल्तान र रमला पाख्रिन जापानमा

काठमाडौ । नजिकिंदै गरेको सोनाम ल्होछारको अवसरमा यत्ति बेल स्वदेश तथा विदेशमा रहेका संघ संस्थाहरुले विभिन्न कार्यक्रमका साथ ल्होछार मनाउने तयारी थालेका छन् । यसै क्रममा नेपाल तामाङ समाज, जापान केन्द्रिय समितिले ‘सोनाम ल्होछार बृहत साँस्कृतिक साँझ–२०२३’ को आयोजना गरेको छ ।

यही जनवरी २२ तारिख आइतबारका दिन टोकियोको नाकानो जेरो हलमा हुने उक्त कार्यक्रमका लागी नेपालबाट आफ्ना सांगीतिक प्रस्तुतिका लागी चर्चित गायक तथा संगीतकार विशाल काल्तान र म्हेन्दो माया गायिका रमला पाख्रिन जापान पुगिसकेका छन् । अध्ययन तथा रोजगारीका सिलसिलामा जापानमा रहेका अन्य कलाकारहरुको साथमा काल्तान र पाख्रिनको सांगीतिक प्रस्तुति रहने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएका छन् ।

सोनाम ल्होछार तामाङ समुदायको पर्व हो, संस्कृति र पहिचान हो । तसर्थ यसको संरक्षण र संर्वद्धन २८५९ औँ ह्योई ल्हो बिरालो बर्ग सोनाम ल्होछार भव्य रूपमा मनाउने तयारी भएकोले जापानबासी तामाङ तथा गैर तामाङ नेपालीहरुलाई समेत कार्यक्रममा उपस्थितीका लागि आयोजकले अनुरोध गरेका छन् ।

Chhedup Tamang

1 COMMENT

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्