20.1 C
Kathmandu

समाचारराप्रपालाई मन्त्रीको टुङ्गो लगाउन सकस !

राप्रपालाई मन्त्रीको टुङ्गो लगाउन सकस !

काठमाडौ । सत्ता साझेदार दलमा सोमबार भएको सहमतिअनुसार राप्रपाले उपप्रधानमन्त्री सहित ऊर्जा र सहरी विकासका साथै महिला बालबालिका वा खेलकुद मन्त्रालय मध्ये एक मन्त्रालय गरि तीन मन्त्री पाउने पाउने निस्चित भएको छ । तर मन्त्री कस्लाई बनाउनले भन्ने कुरामा भने राप्रपालाई सकस परेको देखिन्छ ।

मन्त्री हुनेमा उपप्रधानसहित ऊर्जा मन्त्री पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन हुने निश्चित भएको छ भने नेता ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्ने मोटामोटी सहमति राप्रपा भित्र भएको छ । मन्त्री बन्नेमा उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर राणाबीच हानथाप देखिएको पार्टीको एक नेताले बताएको छ ।

पार्टी संसदीय दलको कार्यादेश अनुसार मंगलबार नै अध्यक्ष राजेन्द्र लिङ्देनले नाम टुङ्गो लगाउने ती नेताको भनाइ छ । यस्तै राप्रपाले एक राज्यमन्त्री समेत पाउने स्रोतको भनाइ छ । राज्यमन्त्रीमा मकवानपुरबाट निर्वाचित दीपक सिंह पठाउने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार नै मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्