24.1 C
Kathmandu

कला/ साहित्यमहानायक अमिर दोङसंग मोडल पुर्णिमा थोकर हट अवतारमा !

महानायक अमिर दोङसंग मोडल पुर्णिमा थोकर हट अवतारमा !

काठमाडौ । तामाङ समुदायका महानायक अमिर दोङ अभिनित तामाङ रोमान्टिक गीत ‘छामेला हेराइ ज्यानमारा’ आईतवार ‘डम्फु मिडिया’ मार्फत सार्वजनिक भएको छ । उक्त भिडियोमा मोडल पुर्णिमा थोकर हट अवतारमा प्रस्तुत भएको छ ।

आईतवार जोरपाटी स्थित द शेनोर हाउसमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा महानायक अमिर दोङसँग पुर्णिमा थोकर र सञ्जिव गोलेसँग रस्मिला तामाङ हट अवतारको रुपमा प्रस्तुत भएको देखिन्छ । पछिल्ला समय तामाङ गीतसंगीतको बजारमा फरक फरक धारका गीत तथा भिडियोहरु सार्वजनिक हुँदै आएका छन् । यसै क्रममा डम्फु मिडियाको व्यानरमा निर्माण भएको ‘छामेला हेराइ ज्यानमारा’ गीतसंगीतको आकशमा फरक स्वाद दिने खालको रहेको छ । बिलकुलै मनोरञ्जनको दृश्टिकोणले मात्र निर्माण गरिएका यस्ता खालका भिडियोहरुले भने बेलाबेलामा व्यवसायीक रुपमा स्थान पाउने गर्दछ । यद्यपि यस गीतको भिडियोले सो स्थान पाउला या नपाउला भन्ने कुरा भने दर्षक दिर्घमा नै भर पर्नेछ ।

आफैमा एक कुशल गायकको रुपमा चिनिएको कोशिस थोकरको शब्द संगीतमा बनेको यस गीतमा कुमार तामाङ र जितु लोप्चानको स्वर रहेको छ । गीतको मिक्सिङ र एरेन्जको पाटो भने गायक तथा संगीतकार सानुबाबु घिसिङको रहेको छ ।

भिडियोतर्फ अमिर दोङ स्वयम् आफ्नै निर्देशन रहेको छ भने कोरियोग्राफर कृष्ण ब्लोन रहेको छ । भडियोको छायांकन तथा रंग सम्पादन बज्र ङ्यासुरको रहेको छ । भिडियोको दृश्य सम्पदान भने राजु तामाङले गरेका हुन् ।

यस गीतमा अभिनय गरेका मोडल पुर्णिमा थोकर भने यत्ति बेला अस्वस्थताका कारण काठमाडौ स्थित नेपाल शिक्षण अस्पतालमा उपचारको क्रममा रहेको छ ।

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस…

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्