19.1 C
Kathmandu

कला/ साहित्य'कर्म छोरीको' ५० औँ भाग स्वर्ण अवसरमा कलाकार सम्मान कार्यक्रम सम्पन्न

‘कर्म छोरीको’ ५० औँ भाग स्वर्ण अवसरमा कलाकार सम्मान कार्यक्रम सम्पन्न

काठमाडौ । टुङ्ना अफिसियल टि.भि. मार्फत साप्ताहिक रुपमा निरन्तर प्रसारण हुँदै आएको नेपाली टेली सिरियल ‘कर्म छोरीको’ ५० औँ अंकमा प्रवेस गरेको स्वर्ण अवसरमा बिविध सांस्कृतिक तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार काठमाडौको चावहिल स्थित चलचित्र विकास बोर्डको हलमा टुङ्ना अफिसियल टि।भि।को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । समुदायमा घट्ने गरेका विभिन्न बिषयबस्तुहरुलाई आधार मानेर निर्माण गरिएको उक्त टेली सिरियल ५० औँ भागमा पुगेको अवसरमा विभिन्न कलाकारहरु देखी पत्रकारलाई समेत सम्मान गरेका थिए । कर्म छोरीको नामक टेली सिरियलमा अभिनय गरेका कलाकारहरुलाई समेत कार्यक्रमका बिच प्रशंसा पत्र वितरण गरेका थिए ।

कार्यक्रम नायक तथा निर्देशक विनायक तामाङको संयोजकत्व र सञ्च कुमारी तामाङ (शर्मिला) को अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा पूर्व उर्जा राज्य मन्त्री तथा काभ्रे क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ (लालध्वज)को प्रमुख आतिथ्यता रहेका थिए भने विशेष अतिथिहरुमा वाइसियल नेपाल बाग्मती प्रदेश कमिटीका सदस्य मिम बहादुर तामाङ(युद्ध), तामाङ चलचित्र संघका उपाध्यक्ष भुईसल लामा, दिपक तामाङ रहेका थिए । अतिथिहरुमा तामाङ चलचित्र संघ बाग्मती प्रदेशका अध्यक्ष आस्मान वाइबा, नायीका रोसनी ब्लोन लगायत अन्य समाजसेवी तथा कलाकारहरुको उपस्थिति रहेका थिए ।

प्रमुख अतिथि सुर्यमान दोङ (लालध्वज)ले तामाङ समुदायले जिवन्त आफ्नो पहिचानका लागी आन्दोलन गरिरहनुपर्ने विषयलाई उठान गरि दुःख व्यक्त गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ”मैले तामाङ भाषामा सपथ खाँदा म कसरि तामाङहरुको मात्र सांसद भए ?”

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्