30.1 C
Kathmandu

समाचारएमाले परित्याग गरेका घनश्याम भूसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

एमाले परित्याग गरेका घनश्याम भूसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

काठमाडौ । गत २३ असोजमा नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजना गरिएको एक कार्यक्रमबाट उनले एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्न लागेका हुन् ।

नेकपा एमालेमा चुलिंदो आन्तरिक विवाद पस्चात भूसाल माधव नेपाल खेमामा लागेका थिए । नेपालले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि भूसाल भने एमालेमै रहेका थिए । एमाले परित्याग गरेका भूसाल मंसिर ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र रुपमा प्रतिस्पर्धा गरेका थिए । उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । तर एमालेका छबिलाल विश्वकर्मासँग उनी पराजित भएका थिए ।

भूसाललाई दिने जिम्मेवारीबारे पार्टीमा छलफल गरेर निष्कर्षमा पुग्ने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा बताउँछन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्